काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरूसँग सहमति गरेर मात्रै सरकारले विधेयकहरू अघि बढाउने बताएका छन्। माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री प्रचण्डले सबै विधेयकहरू प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरूको सहमतिमै अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्दै त्यसैमा जोड दिएर अघि बढ्न पार्टीका सांसदहरूलाई पनि निर्देशन दिए।मंगलबार सिंहदरबारमा आयोजित पार्टी संसदीय दलको बैठकमा उनले विधेयकहरू अघि बढाउँदा सकेसम्म सबै