कैलालीको धनगढी उपमहानगरपालिकाभित्रका ज्येष्ठ नागरिकलाई नीजि अस्पतालमा उपचार गर्दा सहुलियत दिने सहमति भएको छ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र नेपाल निजी अस्पताल संघका अध्यक्ष जनकराज जोशीसहित पदाधिकारीबीच मंगलबार बसेको बैठकले नीजि अस्पतालमा उपचारका लागि आउने ज्येष्ठ नागरिकलाई सहुलियत दिने सहमति गरेको हो ।सबै नीजि अस्पतालमा उपचारका लागि जाने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क ओपिडी सेवा प्रदान गर्ने सहमति भएको जनाइएको छ । ‘७० वर्षभन्दा बढी उमेरका जेष्ठ नागरिक