भूकम्पले भत्किएका ७६० सम्पदा पुननिर्माण

काठमाडौँ– विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका सात सय ६० सम्पदाको पुननिर्माण सकिएको पुरातत्व विभागले जनाएको छ । भूकम्पले ३२ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुर्‍याएको थियो । हाल ५० सम्पदा पुननिर्माण भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए। चालु आर्थिक वर्षमा ३० सम्पदाको पुननिर्माण सुरु गर्न बजेट विनियोजन भएको उनले बताएका छन् […]

सम्बन्धित सामग्री

सयौं वर्ष पुराना हिति संरक्षणको पर्खाइमा

काठमाडौं । नेपालको हिति सभ्यता विश्वमा देखाउनलायक मौलिक सम्पदा हो । यद्यपि विभिन्न कारणले सम्पदा मासिने क्रम तीब्र छ । केही सम्पदाको पुननिर्माण क्रमिक रुपमा हुँदैछ । मौलिक ज्ञान, सीप, प्रविधि र स्थानीय स्रोत साधनले पनि हितिलाई ब्यूँताउन सक्छ भन्ने पछिल्लो नमुना पाटनको आल्को हिति बनेको छ । ललितपुरलाई हिति सभ्यताको केन्द्र मानिन्छ । यहाँ […]

धरहरामा तोकिए भन्दा बढी भुक्तानी

काठमाडौं । २०७२ को भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहरा पुनर्निर्माणक्रममा तोकिएभन्दा बढी भुक्तानी गरिएको पाइएको छ । निर्माणमा व्यवसायीलाई बिल रकमको मूल्य अभिवृद्धि भुक्तानी खर्च लेख्नुपर्नेमा फरक ‘ङ्खयाक्टर’ प्रयोग गरी बढी भुक्तानी गरेको पाइएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण नेतृत्वमा पुनर्निर्माण जारी धरहरा प्राधिकरणको म्याद समाप्त भएसँगै सहरी विकास मन्त्रालयमातहत रहेर पुनर्निर्माण भइरहेको छ । […]

काष्ठमण्डप पुनर्निर्माणको कार्य सम्पन्न

काठमाडौँ – विनाशकारी भूकम्पका कारण पूर्णरुपमा क्षति भएको काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । पुननिर्माण सम्पन्न भएको काष्ठमण्डपको सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए। विनाशकारी भूकम्पले ध्वस्त ऐतिहासिक सम्पदा २०७५ साल वैशाख १८गते समिति गठन पुन निर्माण सुरु भएको थियो । काष्ठमण्डप पुननिर्माण गर्न करिब ८ […]

सम्पदा पुननिर्माण रोक्ने प्रवृत्तिका कारण समस्या : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदा पुननिर्माण रोक्ने प्रवृत्तिका कारण समस्या भएको बताएका छन् । आज काठमाडौं वडा नम्बर–२२ को भवन उद्घाटन गर्ने क्रममा मेयर शाक्यले यस्तो बताएका हुन् । ‘‘हामी सबैसँग सहकार्य गरेर सम्पदा निर्माण–पुनर्निर्माण र विकास निर्माणका काम गर्न चाहन्छौँ,” उनले भने, ‘‘यो सम्पदा निर्माण–पुनर्निर्माण र विकास...

उठ्दैछन् काठमाडौं उपत्यकाका सम्पदाहरु (फोटोफिचर)

काठमाडौं । विनाशकारी भुकम्पले काठमाडौं उपत्यकाका सम्पदा भत्काएको ७ वर्ष हुन लागिसक्यो । सरकारले औचित्य सकिएको भन्दै पुर्ननिर्माण प्रधिकरण खारेज गरिसक्यो । तर, राजधानीको सम्पदा अझै पुननिर्माण भइरहेको छ । ललितपुरको ठेचो, बुङमती, पाटन, काठमाडौंको वसन्तपुर, जैसीदेवल, भक्तपुरको दरवार परिसर र दत्तात्रय वरपर धमाधम मन्दिर पाटीपौवा पुननिर्माणको काम भइरहेको देख्न सकिन्छ । सम्पदाको निर्माण अनि […]

काठमाडौँका सम्पदा हेर्नलायक बनाउन महानगर लागिपरेको छः मेयर शाक्य

काठमाडौँ–काठमाडौँ महानगरपालिकाले २१ वटा गणेश मन्दिरको पुननिर्माण सम्पन्न गरेको जनाएको छ। शनिबार महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले २१औँ गणेश मन्दिरको उद्घाटन गरे। इनाखास्थित मन्दिर उद्घाटनपछि काठमाडौँ महानगरपालिकाका मेयर शाक्यले महानगरपालिकाको पहिलो उद्देश्य नै संस्कृति र सम्पदाको संरक्षण गर्नु रहेको बताए। महानगरपालिकाले प्राथमिकताका साथ भूकम्पले क्षति पुगेका संरचनाको पुनर्निमाण गरिहेको शाक्यको भनाइ थियो। उनले काठमाडौँ महानगरपालिकाभित्र रहेका […]

स्वयम्भूमा गुम्बा पुनर्निर्माण

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त स्वयम्भूको कर्मराज महाविहार (गुम्बा)को पुनर्निर्माण सम्पन्न भएको छ । यो विश्व सम्पदा सूचीमा पर्दछ । गुम्बाको पुनर्निर्माण कर्मपा थिन्ले थाय दोर्जेले गरेका हुन् । उनले पुरातत्व विभागको मापदण्ड अनुसार मौलिक शैलीमा निर्माण गरिएको बताए । २०७५ पुस ३० गते गृहमन्त्री रामबहादुर थापाबाट आरम्भ भएको पुननिर्माण करिब २ वर्षको अवधिमा सम्पन्न भएको हो ।

पुननिर्माण गरिएको ‘देवाद्यःछेँ’ को उद्घाटन

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शनिबार सम्पदा जोगाउने अभियानमा महानगरपालिका रहेको बताउनुभएको छ । इतुम्बहाःमा युनेस्कोको सम्पदाको सूचीमा रहेको रहेको श्री भाष्करदेव संस्कारित केशचन्द्रवृत पारावत् महाविहारस्थित देवाद्यः छेँ (कुलदेवता घर)को पुननिर्माणपछि उद्घाटन गर्ने क्रममा मेयर शाक्यले मूर्त/अमूर्त सम्पदा जोगाउने अभियान अन्तर्गत आप्mनो कार्यकालमा काठमाडौँभित्र रहेका धेरै कुलदेवता घर, आगम घरको पुननिर्माण भइसकेको र लिपि, बाजा जस्ता अमूर्त सम्पदाको संरक्षणमा पनि धेरै काम भइरहेको जानकारी दिनुभयो ।