बिग बस १४ की ट्यालेन्ट म्यानेजर पिस्ता धाकडको एक सडक दुर्घटनामा मृत्यु भएको छ । उनी कलर्स प्रोग्रामिङ टीमकी सदस्य थिइन् र बिग बसमा मुख्य असिस्टेन्ट कोओर्डिनेटरको रुपमा काम गरिरहेकी थिइन् । शुक्रबार राती उनको फिल्म सिटीमा दुर्घटना भयो जसका कारण उनको ज्यान गएको छ । आफ्नो दुइ पाङ्ग्रे सवारी साधनबाट उनी लडेको र एक भ्यानिटी भ्यान उनीमाथि चढेको बताइएको छ । एक स्रोतका अनुसार अँध्यारोका कारण दुर्घटना भएको हो । स्पटबोयको रिपोर्टलाई विश्वास गर्ने हो भने विकेन्डको वारको सुटिङ पछि यस्तो दुःखद घटना भएको