नेपाल स्टक एक्सचेन्जलाई निजीकरण गरी पूँजी बजारका समस्या हल भए अर्को चाहिँदैन : रोहन कार्की [अन्तरवार्ता]

विगत ९ वर्षदेखि शेयर बजारमा लगानी गर्दै आएका रोहन कार्की पछिल्लो समय लगानीकर्ता महासंघ गठनका लागि कस्सिएका छन् । लगानीकर्ता महासंघ निर्माणका लागि बनेको समन्वय समितिको संयोजकसमेत हुन् उनी । उनीसँग शेयर बजारको अवस्था, महासंघ गठनमा खटिनुको कारणलगायत विषयमा आर्थिक अभियानकर्मी लक्ष्मी शर्माले गरेको कुराकानी ।  पूँजी बजारमा प्रवेश गरेदेखि आजसम्मको तपाईंको अनुभव कस्तो रह्यो । शेयर बजारको पछिल्लो अवस्थालाई कसरी नियाल्नुभएको छ ? पहिलेको तुलनामा प्रविधिमा क्रमिकरूपमा विकास विस्तार हुँदैछ । अरु देशको तुलनामा त नेपालको शेयर बजार शुरुवाती चरणमै छ जस्तो लाग्छ । अन्य क्षेत्रभन्दा यसमा धेरै समय दिनुनपर्ने, काम गर्न सहज र अध्ययन गरेर लगानी गरे आम्दानीको राम्रो स्रोतको रूपमा पूँजीबजारलाई बुझेको छु । शेयर बजारमा जोखिम पनि उत्तिकै हुन्छ । समयमै निर्णय लिन नसक्दा प्राप्त भएको प्रतिफल गुमेको पनि छ ।  पछिल्लो समयको शेयरको अवस्थालाई हेर्ने हो भने शेयर बजार बटम लगाएर विस्तारै अप ट्रेण्ड समातेको अवस्था छ । तरलता सहज भएसँगै ब्याजदर घट्दो छ भने सिडी रेसियो पनि घट्दै गएको छ । अहिले बैकिङ्ग प्रणालीमा रू. ३० अर्बभन्दा बढी लगानीयोग्य रकम रहेको बैंकरहरू बताउँछन् । यसकारण अहिलेको समय शेयर बजारमा लगानी गर्ने उपयुक्त छ । तर, कतिपय सेक्टरहरू धेरै नै माथि पुगिसकेका छन् । यो समयमा सम्पूर्ण सेक्टरहरूका स्टकहरू अध्ययन गरेर लगानी गर्न सके जोखिम भन्दा पनि प्रतिफल बढी हुने देखिन्छ ।  नयाँ स्टक एक्सचेन्ज आउने प्रक्रिया अहिले रोकिएको छ । नेपाली पूँजीबजारको आकारलाई हेर्दा एकभन्दा बढी स्टक एक्सचेन्ज आवश्यक छ कि छैन ? नेपालको पूँजी बजारको आकारलाई हेर्दा त नयाँ स्टक एक्सचेन्ज आवश्यकता पर्दैन जस्तो लाग्छ । तर, नेपाल स्टक एक्सचेन्ज नसुधारिने हो भने पूँजीबजारको विकास र विस्तारको लागि नयाँ स्टक एक्सचेन्ज पारदर्शी तरिकाले आउनुपर्छ । भएकै स्टक एक्सचेन्जलाई निजीकरण गरी पूँजी बजारमा देखिएका प्राविधिक समस्यालाई हल गरेर बजार विस्तार गरेमा अर्को स्टक आवश्यकता पर्ने देखिँदैन । तर, अहिलेको नेपाल स्टक एक्सचेन्जको गतिविधि हेर्ने हो न लगानीकर्ताको हकहित भएको छ न त लगानीकर्ताले राम्रो सेवा सुविधा नै पाएका छन् । हरेक कार्यमा प्रतिष्पर्धा हुनुपर्छ । प्रतिस्पर्धा भयो भने राम्रो सेवा सुविधा पाइन्छ । यस कारण नयाँ स्टक एक्सचेन्जको आवश्यकता महशुस भएको हो ।  शेयर लगानीकर्ताहरूको हितको लागि अहिले विद्यमान सबै संघहरूलाई मिलाएर महासंघ बनाउने तयारी गर्नुभएको छ, यस्तो एकीकृत महासंघको आवश्यकता किन महशुस भयो ?  पक्कै पनि शेयर बजारमा सुधारका लागि हामीले गर्नुपर्ने कामहरू धेरै नै छन् । लगानीकर्ताहरूका समस्याहरू पनि धेरै छन्, बेलाबेलामा नियामक निकाय तथा सरकारबाट पनि हामीलाई विभिन्न किसिमका आक्रमण हुने गर्दछ । यी सबै समस्याहरूसँग जुध्नका लागि एउटा बलियो संस्था भएन । लगानीकर्ताहरूको जायज मागहरू पनि सम्बोधन भएनन् । लगानीकर्ता संघसंगठनलाई पनि नटेरेको हुनाले पनि विद्यमान संघसंगठनहरूलाई मिलाएर महासंघ बनाउने तयारी गरिएको हो । एउटा बलियो संगठन भएमा नेपालको ७७ ओटै जिल्लामा रहेका सबै लगानीकर्ताहरूलाई साधारण सदस्यता दिने खालको आधिकारिक महासंघ हुन सकेमा त्यसले काम गर्न सक्छ र आम लगानीकर्ताले एउटा भोटिङ गरेर आफ्नो नेतृत्व चयन गर्ने अवसर प्रदान हुनेछ । त्यहाँबाट आउने नेतृत्व जवाफदेही र जिम्मेबार हुन्छ भन्ने विचारको साथ अगाडि बढेका हौं ।  शेयर बजार बढ्दा धेरैजसो नयाँ लगानीकर्ताहरू थपिने गर्छन् । नयाँ लगानीकर्ता कसरी शेयर बजारमा आउनु पर्छ ? तपाईंको सुझाव के छ ?  खासमा नयाँ लगानीकर्ता छिर्नु पर्ने भनेको बजार घटेको समयमा हो । तर, ठिकविपरीत हुन्छ शेयर बजारमा । बजार घट्दा आत्तिएर विक्री गर्ने र बढी रहँदा नबुझिकन खरीद गर्ने । नयाँ लगानीकर्ता बजार धेरै नै बढेपछि दिनदिनै सर्किट लाएको स्टकमा लगानी गरेको देख्छु । यो एकदमै गलत हो । यसबाट ठूलो नोक्सान हुन्छ जस्तो लाग्छ । दोस्रो बजारमा लगानी गर्दै हुनुुहुन्छ भने धेरै अध्ययन गर्ने, कम्पनीको विगत पाँच वर्षको लाभांश विवरण, वित्तीय स्थिति र शेयर अनुभवीका कुरा सुन्नुपर्छ जस्तो लाग्छ । यो समयमा नयाँ लगानीकर्ताहरूले अध्ययन गरेर फन्डामेन्टल राम्रो भएका स्टकमा लगानी गर्नुपर्छ । उहाँहरूले ट्रेडभन्दा पनि लगानी गर्दा उपयुक्त हुन्छ । बढेका स्टकभन्दा पनि बढ्न बाँकी कम बढेका स्टकमा  लगानी गरेमा राम्रो रिर्टन प्राप्त हुन्छ । शेयर बजार हो जोखिम केही हुन्छ नै । आफूले जोखिम वहन गर्न सक्ने क्षमतालाई ध्यान दिएर निश्चित समय अवधिका लागि लगानी गरेमा शेयर बजारमा राम्रै रिर्टन प्राप्त हुने देख्छु ।  केही अवरोधका साथ नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया अगाडि बढेको छ । केहीले आवश्यक नरहेको पनि तर्क गरिरहेका छन् । तपाईंको विचारमा नयाँ ब्रोकर लाइसेन्स आवश्यक छ कि छैन ? यो त कुनै दुविधाको कुरा रहेन । नयाँ ब्रोकर लाइसेन्स आवश्यक छ । पूँजी बजार विकास र विस्तारको लागि यो महत्त्वपूर्ण माग थियो । हामी लगानीकर्ताको धेरै पहिलेदेखिको माग नयाँ ब्रोकर लाइसेन्स खुला गर्नुपर्छ भन्ने हो । नयाँ योग्यता पुगेको व्यक्ति अथवा संस्थालाई नयाँ ब्रोकर लाइसेन्स दिनुपर्छ भन्दै आएका छौं । यो प्रक्रिया अगाडि बढेको छ । सीमित ब्रोकरहरूले मात्रै बजार कब्जा गर्नु हुँदैन । अहिले मात्रै होइन, अब आगामी दिनमा एउटा मापदण्ड तोकेर प्रत्येक २ या ३ वर्षमा जहिले पनि नयाँ ब्रोकर लाइसेन्स खुला हुनुपर्छ । आउनेलाई आउन दिनुपर्छ भने जानेलाई जान दिनुपर्छ । आउन चाहनेलाई रोक्नु हुँदैन । प्रतिस्पर्धा हुनेबित्तिकै लगानीकर्ताले राम्रो विश्वसनीय सेवा सुविधा पाउँछन् । अर्को कुरा सबै ठाउँमा शेयर बजारको पहुँच पुग्छ । त्यसपछि नयाँ लगानीकर्ता थपिनेछन् नयाँ कारोबारहरू हुनेछन् । यसले गर्दा  शेयर बजार दीर्घकालीन धेरै नै सुधार हुन्छ । 

सम्बन्धित सामग्री

तीन वर्षपछि सञ्चालनमा आयो पुष्पाञ्जलि हल

तीन वर्षदेखि बन्द भएको कोटेश्वरको पुष्पाञ्जलि हल फेरि खुलेको छ । कोरानाको कारण बन्द भएको हल आज बाट खुलेको हलका संचालक गोपाल काजी कायस्थले बताए ।दर्शकको माग र नजिकिँदै गरेकाे चाडपर्वलाई ध्यानमा राखेर हल संचालमा ल्याइएको बताइएको छ । हलमा आजबाट प्रेम गीत ३ प्रदर्शनमा आएको छ । हल दशैं, तिहार खुल्ने र त्यसपछि नयाँ तरिकाबाट निर्माणका लागि केही समय बन्द रहने संचालक कायस्थले जनकारी दिए ।

फिल्म हल खोल्न सिफारिस

सरकारले हाल बन्द अवस्थामा रहेको फिल्म हल खुलाउने तयारी गरेको छ । आगामी फागुन १ गतेदेखि लागू हुनेगरी फिल्म हल खोल्न सीसीएमसीसीको बैठकले सिफारिस गरेको हो । यसअघि कोरोना संक्रमण बढ्दै गएपछि सरकारको निर्देशनमा स्थानीय प्रशासनले हल बन्द गराएको थियो ।

खुल्यो फिल्म हल

कोरोनाका कारण बन्द रहेका फिल्म हल बिहीबारदेखि खुलेका छन् । दसैँको अवसर पारेर फिल्म हल खोलिएको हो । सरकारले फिल्म हल खोल्न केही अगाडि अनुमति दिएपनि विभिन्न कारणले खुल्न सकेको थिएन । देशभरका मल्टिप्लेस र सिंगल थियटर प्राय सबै खुलेको नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले बताए । ‘केही हल खुल्न बाँकी पनि होलान्, ती पनि विस्तारै खुल्छन्,’ शर्माले भने ‘तिहार अगाडि फिल्म रिलिजको वातावरण पहिलेझै हुन्छ ।’गत वैशाखबाट बन्द रहेका हल केही अगाडि खुल्ने तरखरमा थियो । तर, प्रदर्शनका ला

कहिले खुल्छ फिल्म हल ?

सरकारले केही अगाडि नै खोल्ने अनुमति दिए पनि फिल्म हल अझै खुल्न सकेन । लामो समयदेखि बन्द रहेको फिल्म हल खोल्दा दर्शक आउने हुन् वा होइनन् । रिलिजको सुरुवात कस्तो फिल्मबाट गर्ने ? लगायतका बिषयमा चलचित्र संघले ठोस निर्णय गर्न नसक्दा फिल्म रिलिज अझै अन्योल बनेको छ ।सरकारबाट हल खोल्ने अनुमति लिँदा छिट्टै फिल्म रिलिज गर्ने धारणा चलचित्र संघले राखेको थियो । तर एक महिना बितिसक्दा पनि फिल्म हल खुल्न भने सकेको छैन । चलचित्र संघका महासचिव अशोक शर्माले फिल्म प्रदर्शनको सुरुवात कस्तो फिल्मबाट गर्ने भन्ने बिषय

यसपटक हामी हल खुलाउन पहल गर्दैनौः अशोक शर्मा

पहिलो चरणको लकडाउनपछि नेपाल सरकारले हल खुलाउन वास्ता नगर्दा प्रदर्शकहरुले आफै हल खुलाएका थिए । हल संचालकहरुको छाता संगठन नेपाल चलचित्र संघले गतबर्षको पौष १० गतेबाट एकतर्फी रुपमा हल खुलाएको थियो । एकतर्फी रुपमा हल खुलेको १६ दिनपछि सरकारले हल खुलाउने निर्णय गरेको थियो । तर, यसपटक भने चलचित्र संघले हल खुलाउन पहल नगर्ने बताएको […]

२८ वटा सिनेमा हल बन्द

काठमाडौं । १६ महिनादेखि जारी कोरोना संक्रमण महामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल बन्द हुन थालेका छन् । यो अवधिमा काठमाडौं उपत्यकाका नौ र उपत्यकाबाहिरका १९ गरेर २८ वटा सिनेमा हल बन्द भइसकेका छन् ।हल सञ्चालकको संस्था नेपाल चलचित्र संघको तथ्यांकअनुसार यी सिनेमा हल अब नखुल्नेगरी सधंैका लागि बन्द भएका हुन् । सिनेमा हलमा जडान गरिएका फिल्म प्रदर्शन गर्ने डीसीएन, क्युबजस्ता सर्वरसमेत सम्बन्धित कम्पनीलाई फिर्ता गरेर उनीहरूले सिनेमा हल बन्द गरेका छन् ।कोरोना महामारीकै कारण सिनेमा हलको भविष्य अनिश्चि

कुमारी हल सदाको लागि बन्द हुँदै

काठमाडौं। ३७ वर्ष लामो इतिहास बोकेको कुमारी सिनेमा हल सदाको लागि बन्द हुने भएको छ। कुमारी हल कोरोनाका कारण ठप्प भएपछि बन्द हुने भएको हो। उक्त भवन अन्य प्रयोजनको लागि प्रयोग गरिने सञ्चालकले बताएका छन्। कोरोनाले गर्दा हलले खर्च धान्न नसक्ने भएपछि हल बन्द गर्न बाध्य भएको सञ्चालकले बताएका छन्।

कुमारी हल सधैका लागि बन्द

काठमाडौंँ । कमलपोखरी स्थित कुमारी चलचित्र भवन (हल) सधैका लागि बन्द गरिएको छ । कोरोना महामारीको प्रभावका कारण दुईवटा पर्दा भएको यो हल सधैंका लागि बन्द गर्ने निर्णयमा संचालक पुगेका हुन् । क्यूएफएक्स चेनको संचालनमा रहेको हल भित्रका सामानहरु समेत अहिले हटाउन थालिएको छ । अब चलचित्र भवन अन्य प्रयोजनका लागि प्रयोग गरिने बताइएको छ ।तीन दशक बढी समयदेखि संचालनमा आएको यो हल कोरोनाको प्रकोपको कारणले बन्द हुन लागेको हो । कोरोनाले चलचित्र भवनको खर्च धान्न नसकेकाले सधैका लागि बन्न गर्न लागेको क्यूएफए

जय नेपालपछि कुमारी हल पनि सधैँका लागि बन्द

क्यूएफएक्सअन्तर्गतको कुमारी हल बन्द भएको छ । क्यूफएक्सका सीइयो रोशन अडिगाका अनुसार उक्त हल सधैँका लागि बन्द गरिएको हो ।

फिल्म हल फेरि बन्द हुने

काठमाडौंँ । फिल्म हल फेरि बन्द हुने भएको छ । कोरोना संक्रमण बढेसँगै सोमबार बसेको मन्त्रीपरिषदको बैठकले फिल्म हल फेरि बन्द गर्ने निर्णय गरेको हो ।गत बर्षको फागुनमा कोरोनाको पहिलो चरणको कहर देखिएसँगै फिल्म हल बन्द भएका थिए । कोरोनाको संक्रमण कम हुँदै गर्दा सबै क्षेत्र खुले पनि सरकारले फिल्म हल भने खोलेको थिएन । फिल्म हल नखोलेको बिषयमा फिल्मकर्मीले सरकारलाई लक्षित गर्दै बिभिन्न चरणको आन्दोलन समेत गरेका थिए । उक्त आन्दोलनको कारण आधा दर्शक राख्ने, स्वास्थ्य मापदण्ड पालन गर्ने, हल बेलाबेलामा सेने