मेष
यो हप्ता कुनै पनि व्यक्तिद्वारा विश्वासघात हुन सक्छ, विचार गर्नुहोला । बहुमूल्य चीजहरूको सुरक्षा राख्नुहोस् । स्थायी सम्पत्ती र जग्गा जमिनबाट ठूलो फाइदा लिन सकिन्छ । अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले चिन्ता बढ्न सक्छ । धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रह योग छ । आँखाको समस्याले पनि सताउनसक्छ ।
वृष
यो हप्ता धेरै व्यक्तिहरूले हजुरको उत्साह बढाउनेछन् । प्रेमी-प्रेमिकामा केहि मतभेद रहन सक्छ । तपाईले रिसाउनु अघि एक अर्काको भावना बुझ्नुहोस् । परि...