भारतको उत्तराखण्डमा एक बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ। उत्तराखण्डमा मंगलबार बस दुर्घटनामा परेको थियो। स्थानीय प्रहरीले बुधबार साँझ दिएको जानकारीमा सो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ३३ पुगेको छ।प्रहरीले बस निकै अप्ठ्यारो स्थानमा दुर्घटनामा परेकाले मङ्गलबार रातिदेखि बुधबार रातिसम्म २४ सै घन्टा उद्धार गरेको थियो। प्रहरीले मंगलबार नै घटनास्थलबाट २० ओटा शव भेटेको र अरु कैयौँ घाइते अवस्थामा रहेका बताएको थियो। उत्तराखण्डको पाउरी गरहल जिल्लाको धुमाकोट भन्ने स्थानमा बस दुर्घटना