पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको तीन नम्बर पुल नजिक भएको बस दुर्घटनामा मृत्यु हुनेको सख्या १७ जना पुगेको छ । भरतपुरको चितवन मेडिकल कलेजमा गएराती एक बालिकाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १७ पुगेको हो । गएराती बारा कलैयाकी १२ वर्षीया प्रीतिका चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक वामदेव गौतमले जानकारी दिए । यस अघि बिहीबार उक्त बस दुर्घटनामा १६ जनाको मृत्यु भएको थियो । प्रहरी उपरीक्षक गौतमका अनुसार बस दुर्घटनामा परि मृत्यु भएक