प्राधिकरणले भन्यो–अपरिचितको म्यासेज लिंक नखोल्नू

नेपालमा सामाजिक सञ्जालको माध्यमबाट ठगिनेक्रम बढेको छ । सामाजिक सञ्जालमा ठगिनेक्रम बढ्न थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सूचना नै निकालेर सजग रहन भनेको छ ।प्राधिकरणले सामाजिक सञ्जाल भाइबर, म्यासेन्जर, ह्वाट्सएप र वीच्याट लगायतका एपमार्फत आउने अपरिचितको म्यासेज लिंक नखोल्ने भनेको छ । ‘राष्ट्रिय झण्डा तथा प्राधिकरण र सेवाप्रदायकको लोगो दूरुपयोग गरेर पुरस्कार परेको भन्दै म्यासेज आउनेक्रम बढ्दो छ,’ प्राधिकरणले भनेको छ, ‘यसरी प्रलोभनमा पार्नेगरी अपरिचितको सम्पर्कमा पुगेर आफ्नो विव

सम्बन्धित सामग्री

अभियान टिप्स :साइबर सुरक्षा : यसरी बचौं फिसिङ स्क्याम हुनबाट

काठमाडौं। प्रविधिको विकाससँगै यसको बढ्दो पहुँच र प्रयोगले मानिसलाई जति सहज भएको छ, त्यति नै सुरक्षा चुनौती पनि थपिँदै गएको छ । मोबाइल, ल्यापटपजस्ता विद्युतीय उपकरण प्रयोग गरी मानिस सामाजिक सञ्जाल, विभिन्न मनोरञ्जनात्मक वेबसाइटमा रमाएका मात्र छैनन्, डिजिटल बैंकिङ कारोबार समेत गर्दै आएका छन् । यसरी हामीले विद्युतीय माध्यमबाट जति पनि कारोबार गर्छौं, ती सबै र सधैं सुरक्षित नहुन सक्छन् । हामीले प्रयोग गरेका ईमेल ठेगाना पनि पूर्ण सुरक्षित हुन्छ भन्ने ग्यारेन्टी छैन । साइबर अपराधीले फिसिङ स्क्याममा पारेर जुनसुकै समयमा हाम्रा गोप्य सूचना चोर्न सक्छन् । फिसिङ स्क्याम एक प्रकारको साइबर हमला हो, जसको प्रयोग गरेर साइबर अपराधीले इन्टरनेट प्रयोगकर्ताको व्यक्तिगत विवरण, ईमेल तथा पासवर्ड, बैंकको खाता नम्बर, पिन कोड आदि प्राप्त गर्ने प्रयास गर्छन् । साथै कुनै प्रलोभन पारेर वा डर धम्की देखाई बैंकबाट आफ्नो खातामा रकम जम्मा गर्न लगाउने जस्ता प्रयास गर्छन् । सोझासाझा व्यक्तिलाई त्यस्तो जालमा पार्न सफल पनि हुन्छन् । यसका लागि उनीहरूले ईमेल पठाउने, असली जस्तै देखिने नक्कली वेबसाइट प्रयोग गर्ने, म्यासेज पठाउने र फोनकलको समेत प्रयोग गर्छन् । पछिल्लो समय भारतीय फोन नम्बर प्रयोग गरेर विभिन्न चिठ्ठा परेको भन्दै व्यक्तिगत विवरण माग्ने, विभिन्न मेल ठेगानाबाट मेल पठाउने वा लिंक पठाउने गरेको पाइन्छ । नेपाल दूरसञ्चार प्राधिकरण तथा साइबर सुरक्षासँग सम्बन्धित सरकारका निकायले विभिन्न समयमा सूचना जारी गर्दै यस्ता स्क्यामबाट जोगिन अनुरोध गर्दै आएका छन् । तर पनि यस्ता स्क्यामका घटना भने भइरहेका छन् । जोगिन सकिन्छ फिसिङ स्क्यामबाट   अपरिचित व्यक्ति वा ठेगानाबाट आएको, शंकास्पद ईमेल नखोलौं ।  शंकास्पद ईमेलको एट्याचमेन्ट नखोलौं ।  अपरिचित व्यक्ति वा ठेगानाबाट आएको ईमेलमा रहेको लिंकहरूमा क्लिक नगर्नुहोस् ।   अपरिचित व्यक्ति वा ठेगानाबाट आएको ईमेल वा शंकास्पद ईमेल तत्काल डिलेट तथा ब्लक गर्नुहोस् ।  शंकास्पद ईमेलको रिप्लाई सकेसम्म नगर्नुहोस् । गर्नैपरेमा वेबसाइटमा गएर पहिचान एकीन गरेर विश्वस्त हुनुहोस् ।  पुरस्कार, उपहार, चिठ्ठा लगायत विभिन्न प्रलोभन देखाएर पठाएको वा डर/धम्की दिई पठाइएको ईमेल, सन्देश, फोनकलको रिप्लाई/रेस्पोन्स नगरौं ।  परिचित वा अपरिचित व्यक्ति/संस्थाबाट आएका ईमेलमा पीडीएफ, टेक्स्ट, सीएसभी जस्ता स्ट्याण्डर्ड फम्र्याट बाहेकका भीडीएस/इएक्सइ जस्ता एक्सटेन्सनका फाइल नखोल्नुहोस् ।  आफूसँग सम्बन्धित नभएका कन्ट्री डोमेन/सबडोमेनबाट आएका ईमेल नखोलौं, त्यसलाई डिलेट गरौं ।  अनावश्यक मेलिङ लिस्टमा सबस्क्राइब नगर्नुहोस् ।  ईमेलबाट आफ्नो पासवर्ड, ओटिपी, बैंक खाता नम्बर, पिन कोडजस्ता विवरण नपठाऔं ।   आधिकारिक वेबसाइटको राम्रोसँग पहिचान गरेर मात्र आफ्ना विवरण आदानप्रदान गरौं ।  प्राप्त भएको कुनै ईमेल वा वेबसाइटको विषयमा शंका लागेमा सम्बन्धित संस्थामा फोन सम्पर्क गरेर, ईमेल पठाएर, व्यक्ति वा संस्थाको राम्रोसँग पहिचान गरेर मात्र रिप्लाई/रेस्पोन्स गर्नुहोस् ।   आफ्नो कम्प्युटर, ल्यापटप, मोबाइल आदिमा एन्टीभाइरसको प्रयोग गर्नुहोस् ।  दूरसञ्चार प्राधिकरणले बेलाबेला जारी गर्ने सूचना तथा सूरक्षा एड्भाइजरी पढ्ने गर्नुहोस् ।

अभियान टिप्स : साइबर सुरक्षामा सोसल इञ्जिनीयरिङको खतरा : जोगिन यसो गरौं

काठमाडौं। पछिल्लो समय साइबर आक्रमणकारीले उच्च ओहोदाका व्यक्ति, सेलिब्रेटी लगायतका सामाजिक सञ्जाल एकाउन्ट (सोसल ह्यान्डल) ह्याक गरी दु:ख दिने काम गरिरहेका छन् । कमजोर साइबर सुरक्षा तथा असावधानीका कारण यस्ता घटना हुने गरेको पाइएको छ । उनीहरूले आफ्नै सहकर्मीका सोसल ह्यान्डल ह्याक गरी तनाव दिने गरेका छन् । त्यस्तै प्रलोभनमा परेर आफ्नो व्यक्तिगत विवरण दिँदा समस्या भोग्नुपरेका घटना पनि धेरै छन् । यसरी प्रविधिको प्रयोग गरेर डिजिटल माध्यमबाट डेटा चोरी गर्नुलाई सोसल इञ्जिनीयरिङ भन्ने गरिन्छ । मनोवैज्ञानिक प्रभावमा मानिसको विश्वास जित्न सफल भई सोझासाझा व्यक्तिलाई ठगी गर्ने, डेटा चोर्ने तथा बेच्ने, संस्थाको मानप्रतिष्ठा तथा वित्तमा क्षति पुर्‍याउनेजस्ता कार्य सोसल इञ्जिनीयरिङ हो । यो एक प्रकारको साइबर हमला हो, जसमा साइबर आक्रमणकारीले मनोवैज्ञानिक रूपमा प्रभाव पारेर वा मानिससँग भएको आफ्नो सम्बन्धको समेत गलत प्रयोग गरेर समेत आक्रमण गर्ने गर्दछन् । आक्रमणकारीले पासवर्ड, बैंकको खाता, खाता नम्बर तथा पिनकोड प्राप्त गर्ने प्रयास गर्छन् र प्राय: सफल पनि हुन्छन् । सामान्यतया ह्याक गर्ने तरीका पत्ता लगाउनभन्दा मानिसको आकर्षण/झुकाव आफूतिर तानेर उसको विश्वास जित्न सजिलो हुने हुँदा आक्रमणकारीले सोसल इञ्जिनीयरिङको प्रयोग गर्छन् । लोभ्याउने खालको सन्देश, संगीत, चलचित्रहरू सित्तैमा डाउनलोड गर्न दिने र सोही समयमा कम्प्युटरमा गोप्य रूपमा मालिसियस सफ्टवेयर स्थापना गरी कम्प्युटर प्रयोगकर्तासम्म पहुँच बनाउने गर्छन् । त्यसपछि कम्प्युटरलाई नियन्त्रण गर्छन् । साइबर आक्रमणकारीले इन्टरनेट प्रयोगकर्तालाई झुक्याएर पासवर्ड हात पार्छन् । डर, धम्की देखाई बैंकबाट आफ्नो खातामा रकम जम्मा गर्न लगाउने जस्ता प्रयास गर्छन् र सोझासीधा व्यक्तिलाई फसाउन सफल पनि हुन्छन् । साइबर आक्रमणकारीले इमेल पठाउने, असली जस्तै देखिने नक्कली वेबसाइटको प्रयोग गर्ने, सन्देश पठाउने र फोनकल समेत गर्छन् । नेपाल दूरसञ्चार प्राधिकरणको साइबर सेक्युरिटी टास्क फोर्सका अनुसार इमेल (फिसिङ इमेल), टेलिफोन/मोबाइल वार्ता (भिसिङ), पेनड्राइभ, वेबसाइट, भौतिक पहुँच लगायत माध्यमबाट सोसल इञ्जिनीयरिङ हुने गरेको छ ।  जोखिने उपायहरू  शंकास्पद इमेलको रिप्लाई तथा रेस्पोन्स नगर्ने, इमेलको शंकास्पद एट्याचमेन्ट भएका लिंक नखोल्ने, इमेल पठाउने ठेगाना तथा इमेलको एम्बेडेड लिंकको आधिकारिकता पहिचान गर्ने ।  फोनबाट संवेदनशील जानकारी सकेसम्म आदानप्रदान नगर्ने । उपहार/चिठ्ठा बहानामा फोन गर्नेलाई आफ्नो व्यक्तिगत विवरण नदिने । कलर आईडी, टेक्स म्यासेज आईडीमाथि शंका लागेमा विश्वसनीयता एकीन गर्ने ।  पेनड्राइभमा भाइरस कि–लगर्स, स्टर्जन, र्‍यान्सनवेयर जस्ता मालिसियस सफ्टवेयर राखेर हमला गर्न सक्ने भएकाले भाइरस स्क्यान गरेर मात्र प्रयोग गर्ने । संवेदनशील सर्भरका उपकरणमा सकेसम्म पेनड्राइभको प्रयोग नगर्ने ।   भेट्टाइएका पेनड्राइभ आफ्नो कम्प्युटरमा प्रयोग नगर्ने, पेनड्राइभको फाइल नखोल्ने । आधिकारिक वेबसाइटको पहिचान गरेर मात्र आफ्नो व्यक्तिगत विवरण प्रदान गर्ने, क्य्राक/पाइरेटेड सफ्टवेयर प्रयोग नगर्ने ।  असुरक्षित वेबसाइटको प्रयोग नगर्ने । सित्तैमा विभिन्न अफर, जस्तै– फिल्म, गीतसंगीत, भिडियो, सफ्टवेयर, पुस्तक आदि उपलब्ध गराउने असुरक्षित वेबसाइट प्रयोग नगर्ने ।  कार्यस्थलको कम्प्युटर पासवर्ड लक गरेर राख्ने, कुनै पनि व्यक्तिलाई पहुँच दिनुअघि उसको सही पहिचान गर्ने, सुरक्षाको उचित व्यवस्थापन गर्ने ।  काम नलाग्ने विद्युतीय उपकरणमा पनि संवेदनशील विवरण हुन सक्ने भएकाले उक्त सामग्री जथाभावी डिस्पोज नगर्ने, संवेदनशील विवरण अन्यत्र सुरक्षित साथ राखेर (आवश्यक पर्ने भए) वा नष्ट गरेर मात्र डिस्पोज गर्ने ।  म्याद सकिएका इलेक्ट्रोनिक कार्ड (जस्तै, आईडी कार्ड, एटीएम कार्ड लगायत) डिस्पोज गर्नुअघि उक्त कार्डबाट कुनै पनि विवरण निकाल्न नमिल्ने गरी डिस्पोज गर्ने ।  काम नलाग्ने हार्डडिस्क, पेनड्राइभ, मेमोरी स्टिक तथा यूएसबी फ्ल्यास ड्राइभहरूमा रहेको इलेक्ट्रोनिक डेटा नष्ट गरेर मात्र डिस्पोज गर्ने ।

पुरस्कार पर्‍यो भनिएका म्यासेजको लिंक नखोल्न प्राधिकरणको आग्रह

तपाईलाई कसैले 'यस्तो–यस्तो पुरस्कार पर्‍यो' भन्दै सामाजिक सञ्जाल र म्यासेजिङ एपमा म्यासेज पठाए, त्यस्ता म्यासेज नखोल्न दूरसञ्चार क्षेत्रको नियामक निकाय, नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ । त्यस्ता म्यासेजमा राष्ट्रिय झण्डा, सरकारी कार्यालय तथा इन्टरनेट सेवा प्रदायकको लोगो दुरुपयोग गरिरएको हुनसक्ने प्राधिकरणको भनाइ छ । र, त्यसमा नझुक्किन आग्रह गरिएको छ ।

सुनको सिक्का दिने भन्दै नेपाल टेलिकमका ग्राहकको पैसा थुत्ने प्रयास

बिहीबार बिहान नेपाल टेलिकमका ग्राहकहरुलाई एउटा म्यासेज आयो, कुनै एउटा पेजको सब्सक्राइब गरेपछि १० ग्राम सुन जित्ने मौका । म्यासेज कसले कहाँबाट पठाएको हो, त्यो समेत नदेखिने गरी अनपजल नामबाट आएको म्यासेजमा भनिएको छ,  ‘वर्षको बम्पर अफर, साताको २० रुपैयाँ खर्च गर्ने गरी सब्सक्राइब गरेपछि १० ग्राम सुन जित्ने मौका ।’उक्त म्यासेजमा एउटा लिंक दिइएको छ । जब उक्त लिंकमा क्लिक गरिन्छ, त्यसपछि ‘सुनको सिक्का उपहार’ भन्ने रोमनमा लेखिएको अक्षर आउँछ । त्यसभन्दा तल प्ले एण्ड विन गोल्ड

मेरोशेयरको पासवर्ड बिर्सनु भयो ? यस्तो छ रिसेट गर्ने तरिका

लामो समयपछि आईपिओ निष्काशन हुदै छ  । जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आईपिओ निष्काशन हुदै छ  ।  ६ महिनापछि आईपिओ निष्काशन हुन लागेको हो  । यदि तपाईले यस ६ महिनाको अवधिमा मेरोशेयर नखोलेको कारण वा अन्य कुनै कारणले मेरोशेयरको पासवर्ड बिर्सनु भएको छ भने तपाई आफैले नै पासवर्ड रिसेट गर्न सक्नु हुन्छ  ।   पासवर्ड बिर्सिएमा रिसेट लिंक मगाएर लगानीकर्ताले नै पासवर्ड रिसेट गर्न सकिन्छ ।  यस्तो छ पासवर्ड रिसेट गर्ने तरिका : १. मेरोशेयर खोलेर Forgot your password? मा क्लिक गर्ने २. निक्षेप सदस्य, युजर नेम, इमेल आइडी र जन्ममिति राखेर क्लिक सेन्ड बटनमा क्लिक गर्ने३.राखेको जानकारी हुबहु मिलेमा 'New password has been sent to your email' भन्ने म्यासेज आउछ , र हुबहु नमिलेमा 'The information you have provided doesn't match with the registered information' भन्ने संदेश आउछ ४.जानकारी मिलेको भए इमेलमा नयाँ पासवर्ड आउने छ ५. धेरै पटक पासवर्ड रिसेट गर्ने कोशिस गरेमा 'Maximum forgot password attemped' भन्ने संदेश आउछ र यस्तो भएमा अर्को दिन मात्र फेरी कोशिस गर्न पाइने छ

ह्वाट्सएपको नयाँ फिचरः मोबाइल बिनै म्यासेज पठाउन मिल्ने

एजेन्सी। लोकप्रिय म्यानेजिङ एप ह्वाट्सएपले नयाँ फिचरको परीक्षण गरेको छ। उक्त फिचरकाअनुसार प्रयोगकर्तासँग फोन नभएमा पनि म्यासेज पठाउन मिल्नेछ। हाल मोबाइल फोनसँग लिंक हुने ह्वाट्सएप कम्प्युटर चलाउन मोबाइल फोन आवश्यक पर्छ। तर, नयाँ फिचर आएपछि मोबाइल नभए पनि कम्प्युटर वा अन्य उपकरणबाट ह्वाट्सएप चलाउन मिल्ने कम्पनीले बताएको छ।

चाँगुनारायण नगरपालिका : घरै बसेका संक्रमितलाई डाक्टरको अनलाइन परामर्श

काठमाडौं : भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रका होम आईसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई अनलाइनमार्फत चिकित्सकीय परामर्श दिने भएको छ। बिहीबार बेलुका ६ बजेदेखि डा.अर्जुन सुवालले परामर्श दिने नगरपालिकाले जनाएको छ।नगरपालिकाले जुम मिटिङमा जोडिएर चिकित्सकीय परामर्श सेवा लिन सबै संक्रमितहरुलाई अनुरोध गरेको छ। नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जुम मिटिङको लिंक बेलुका ६ बज्न १० मिनेट बाँकी हुँदा म्यासेज गरिने जानकारी दिए।संक्रमितहरुले घरै बस्दा आफूलाई भइरहेका समस्याको समाधानबार