मानिसहरु आफूलाई राम्रो देखाउन शरीरका विभिन्न भागमा ट्याटु खोपाउँछन् । तर एक महिलालाई आफ्नै ट्याटुले हैरान बनाएको छ । कुकुर निकै मनपराउने एडिले स्मीथ नामकी २८ वर्षे महिलाले आफू किशोरी छँदै १८ वर्षको उमेरमा छातिमा कुकुरको पञ्चा आकारका ट्याटु खोपाएकी थिइन् । उबेला जोशमा आएर ट्याटु खोपाएकी उनलाई आजभोली पुरुषहरुले इन्कार गर्दै आएका छन् ।