नेकपा एमालेको १० औं महाधिवेशनमा भाग लिनको लागि दाङबाट २५ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । शनिबार एमाले प्रतिनिधि छनौट कार्यदलले सर्वसम्मत रुपमा प्रतिनिधिको टुंगो लगाएको हो । क्षेत्र नं. १ बाट रेवतीरमण शर्मा, सहजराम यादव, कुलबहादुर केसी, राममणि पाण्डे, महिला तर्फ सरस्वती गौतम, गंगा थारु प्रतिनिधिको रुपमा चयन भएका हुुन् ।
क्षेत्र नं. २ मा टिकाराम खड्का, लक्षमण आचार्य, टोपेन्द्रबहादुर खत्री, वलिभद्र राना, भेषराज खत्री, महिलामा हुमा डिसी, तुलसा केसी चयन भएका छन् । क्षेत्र नं. ३ बाट हुकुमबहादुर बस्नेत, घनश्याम ...