प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ। नयाँबानेश्वरस्थित संसद् भवनमा बसेको समितिको बैठकले आजै बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्ने निर्णय गरेको हो। तर, यो निर्णयप्रति माओवादी केन्द्रले फरक मत राखेको छ । माओवादी प्रमुख सचेतक देव गुरुङले समिति बैठकमा लिखित असहमति राखेका छन्।