फक्सवागन ट्वारेग–आर नेपाली बजारमा

काठमाडौं (अस) । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले कम्पनीको टप रेन्जको फ्ल्यागसिप मोडल ट्वारेग–आर नेपाल भित्र्याएको छ । पहिलेदेखि नै लोकप्रिय ट्वारेग अब आर–ट्रिटमेन्टका साथ प्रशस्तै फिचर थप भएर आएको छ । नयाँ एसयूभी ट्वारेग–आर विश्वप्रसिद्ध ६ सिलिन्डर भी(६, ३.० लिटर टबोचार्ज्ड पेट्रोल इन्जिनद्वारा सञ्चालित छ, जसले ५३००–६४०० आरपीएममा ३४० पीएस पावर र १३७०–४५०० आरपीएममा ४५० एनएम टर्क जेनेरेट गर्छ । फोक्सवागन ट्वारेगलाई पोर्स र फक्सवागन समूहले अडी र फक्सवागन ब्रान्ड समावेश गरी संयुक्त उद्यम परियोजनाको रूपमा विकसित गरेको थियो । ट्वारेग–आर ठूलो आकारको फन–टु–ड्राइभ लक्जरी एसयूभी  हो, जुन जर्मन कार निर्माता फक्सवागन समूहले २००२ देखि ब्राटिस्लाभा प्लान्टमा उत्पादन गरेको हो । नयाँ ट्वारेग–आरमा आठ स्पीड अटोमेटिक गियरबक्स, २० इन्चको एलोय ह्वील, ट्रयाक्सन कन्ट्रोल र फोर ह्वील ड्राइभ रहेको छ, जसले प्रतिकुल मौसम तथा रोडमा पनि सिमलेस ड्राइभिङको अनुभव पाउन सकिने कम्पनीले बताएको छ । ट्वारेग–आरमा एआर जेस्चरसहितको १५ इन्चको इन्फोटेनमेन्ट प्रणाली, १२ इन्चको क्लस्टर प्यानल, हिटेद सिट, फ्रन्ट मसाज सिट, अटो होल्ड कन्ट्रोल, फुल पानारोमिक सनरुफ, रियर एलईडी टेल लाइट, हिल डिसेन्ट असिस्ट, हेड अप डिस्प्ले, टायर प्रेसर मनिटरिङलगायत सुविधा छन् । यो गाडीमा एक्टिभ एयर सस्पेन्सन, अल–ह्वील स्टेयरिङ, एबीएस प्लस र डीफ्फेरेन्सिअल लक समावेश छ । ट्वारेग–आर स्टाइलिस बोल्ड एक्सटेरियर र फ्रेस तथा भाइब्रेन्ट डिजाइनका साथ उपलब्ध छ । ट्वारेग–आरले ५.९ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघन्टासम्मको गति लिन सक्छ भने यसको टप स्पिड २५० किलोमिटर प्रतिघन्टा छ । कम्पनीले नयाँ ट्वारेग–आरको  प्रारम्भिक मूल्य ३.२५ करोड रुपैयाँ पर्ने बताएको छ ।

सम्बन्धित सामग्री

कोर्नको नयाँ स्मार्ट वाच नेपाली बजारमा

कोर्न नेपाली बजारका लागि धेरै पुरानो नाउँ होइन, तर यसले आफूलाई नेपाली बजारमा स्थापित भने गराईसकेको छ । स्मार्ट वाच, बड्स तथा मोबाईल एक्सेसोरीजको पर्यायको रुपमा नेपाली बजारमा भित्रिएको छोटो समयमै कोर्नले विस्तार गरेको बजार र स्थापित गरेको नेटवर्क निक्कै लोभलाग्दो छ । कारण यही हुनुपर्छ कोर्न जस्तै देखिने नक्कली एक्सेसोरीजहरु नेपाली बजारमा पाउन थालिएका छन् । यसले नेपाली...

सामसङका फ्लागसीप समार्टफोन पुनः नेपाली बजारमा

काठमाडौं । सामसङले नेपाली बजारमा शीर्ष स्तरका फोनहरु पुनः नेपाली बजारमा सार्वजनिक गरेको छ । अद्भूत स्पेक, सुन्दर डिजाइन, अद्भूत सुविधा र अवधारणाका साथ हरेक स्तरमा गुणस्तरीय फोन उपलब्ध गराउने उदेश्यका साथ नेपाली बजारमा शीर्ष स्तरका फोनहरु सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । जसले स्मार्टफोनको संसारमा नयाँ इनोभेसनका उत्कृष्ट कार्यहरूका रूपमा प्रतिनिधित्व गर्ने कम्पनीको दावी […]

मोटिभ सिक्स एस नेपाली बजारमा

काठमाडौं ।  नेपाली बजारमा प्रवेश गरेको छोटो समयमै अपेक्षाकृत राम्रो बजार साख हाँसिल गर्न सफल ब्राण्ड रिभरसङ्ले नयाँ मोडलको स्मार्टवाच नेपाली बजारमा भित्र्याएको छ । चीनको बहुराष्ट्रिय मोबाइल एक्सेसोरिज् तथा वेरेबल उत्पादक रिभरसङ् विश्व बजारमै

हमदर्द इन्डियाका उत्पादन नेपाली बजारमा

काठमाडौं । हमदर्द ल्याबोरेटिज इन्डियाले हमदर्द ब्रान्डका उत्पादनहरु नेपाली बजारमा ल्याएको छ । नेपाली उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउन आफ्नो उत्पादन नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ । काठमाडौंको गैरीधारामा शनिबार एक कार्यक्रमको आयोजना गरी आफ्नो उत्पादन नेपाली बजारमा आएको जानकारी कम्पनीले दिएको हो । कम्पनीका ग्लोबल बिजनेस हेड पंकज बेनर्जीले युनानी पद्धतिमा आफ्नो आईएसओ २२०००–२००५, […]

नेपाली बजारमा सुनचाँदीको अभाव

विवाहको लगन तथा विभिन्न चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा सुनको अभाव देखिएको छ।

महिन्द्राको ‘एसपी प्लस’ ट्याक्टर नेपाली बजारमा

काठमाडौं । महिन्द्रा समूहको एक हिस्सा महिन्द्राको फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले नयाँ ‘एसपी प्लस’ ट्याक्टर श्रृङ्खला नेपाली बजारमा ल्याएको छ । नेपाली बजारमा सार्वजनिक यी ट्याक्टरहरू महिन्द्राको उन्नत ईएलएस इन्जिन र रिभर्स पीटीओ सहितको डुअल क्लच, उच्चलिफ्ट क्षमतायुक्त हाइड्रोलिक, सजिलो गियर सिफ्ट ट्रान्समिसन र तेल इमस्र्ड ब्रेकहरू जस्ता उत्पादकत्व वृद्धि गर्ने सुविधाहरू रहेको कम्पनीले […]

रियलमीका चार नयाँ स्मार्टफोन नेपाली बजारमा

स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा चार नयाँ उत्पादनहरु लेराएको छ।

एरल्डाइट नेपाली बजारमा

काठमाडौं, साउन २६ । पिडिलाइटको एरल्डाइट नेपाली बजारमा भित्रिएको छ । एड्हेसिभ, निर्माण केमिकल्स्, सिलेन्ट आदि निर्माणमा अग्रणी दाबी गरिएको पिडिलाइट इन्डष्ट्रिजले नेपाली बजारमा एरल्डाइटको इपोक्सी एड्हेसिभको रेन्जको बिक्री सुरुवात गरेको जनाएको हो । पिडिलाइटले हालसालै मात्र अमेरिकाको हन्ट्सम्यान ग्रुपबाट भारतीय उपक्षेत्रमा एरल्डाइटको उपभोत्ता र बजार व्यापार अधिग्रहण गरेको जनाएको छ ।