प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सरकारी कार्यालयलाई निवास बनाएका छन् । निजी घर भाडामा लिने परम्परालाई तोड्दै उनले सरकारी भवनलाई मुख्यमन्त्रीको निवास बनाएका हुन् ।
सुनसरी मोरङ सिँचाइ आयोजनाको भवनलाई मुख्यमन्त्रीको सरकारी निवास बनाएर मुख्यमन्त्री राई बुधवारदेखि सरेका छन् ।
प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले भने घर भाडा लिएका थिए । भाडामा लिएर बनाइएको मुख्यमन्त्रीको सरकारी निवासलाई शेरधनले नछाडेपछि निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्य राष्ट्र बैंक विराटनगरको गेष्टहाउसमा बसेका थिए ।
६८ दिन प्रदे...