मौद्रिक नीतिमा भएको त्रुटिका कारण सेयर बजार प्रभावित : अर्थमन्त्री

६ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकपछि आएको मौद्रिक नीतिमा भएको त्रुटिले सेयर बजारलाई असर गरेको बताएका छन् । आर्थिक विधेयकबारे प्रतिनिधिसभाको बैठकमा उठेका विषयको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । सेयर बजारका समस्या समाधान गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र सरोकारवाला निकाय रहने गरी समिति बनाइएको बताउँदै उनले […]

सम्बन्धित सामग्री

नगद लाभांशमा गरेको कडाइ खारेज, बजारमा बलियो पुँजी कोषसहितका कम्पनी स्थापित हुने

काठमाडौं। सेयर बजार प्रभावित गर्ने गरी नेपाल राष्ट्र बैंकले बुधबार तीनवटा नीति लिएको छ। मौद्रिक नीतिमा भएको घोषणाहरु कार्यान्वयन गर्ने क्रममा

सेयर लगानीकर्ताले अब एउटै बैंकबाट १२ करोड ऋण पाउने

सेयर लगानीकर्ताले अब एउटै बैंकबाट १२ करोड ऋण पाउने भएका छन् । यसअघि एउटा बैंकबाट ४ करोड मात्रै ऋण पाउने व्यवस्था थियो। १२ करोड ऋण लिन विभिन्न बैंक धाउनुपर्थ्यो। राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिले सेयर कर्जामा १२ करोडको सीमा भने कायमै राखेको छ। तर, अब एउटै बैंकबाट १२ करोड ऋण लिन पाउने व्यवस्था गरिदिएको छ। सेयर बजार लगानीकर्ताले यसलाई 'हर्ष न बिस्मात' भनेका छन्।आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा १२ करोडको कर्जा सीमा नहटाइएकोमा ठूला लगानीकर्ता भने असन्तुष्ट देखिएका छन्। जो

मौद्रिक नीति अगाडि २६ अंकले घट्यो नेप्से

६ साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशतभन्दा माथिले गिरावट भएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले मौद्रिक नीति स्वीकृत गर्दै सार्वजनिक गर्ने तयारी गरिरहँदा सेयर बजारमा भने गिरावट भएको छ । केन्दि्रय बैंकले मौद्रिक नीतिमा थप कडाई गर्ने आशंकामा रहेका लगानीकर्ताहरुको मनोविज्ञान कमजोर बन्दै जाँदा नेप्से घटेको […]

शेयर बजार: संसदबाट अर्थमन्त्रीले राष्ट्र बैंकलाई दिएको त्यो सन्देश !

७ असार, काठमाडौं । सोमबार प्रतिनिधिसभाको रोस्टममा उभिएर अर्थमन्त्री जनार्दन शर्माले सेयर बजार निरन्तर तल ओर्लिनुमा राष्ट्र बैंक दोषी रहेको आरोप लगाए । ‘प्रतिस्थापन विधेयकपछि आएको मौद्रिक नीतिमा त्रुटिहरु भएको कुरा सर्वविदितै छ । ती त्रुटिकै कारण केही समस्या पैदा भएको कुरा स्पष्ट गर्न चाहन्छु,’ उनले भने । अर्थमन्त्री शर्माले यो आरोप त्यसो बेला लगाएका […]

के ४/१२ को प्रहारले नै पुँजीबजारमा समस्या भएको हो?

नेपाल राष्ट्र बैंकले ४/१२ को प्रहारले सेयर बजार आइसियूमा पुगेको सरोकारवालाहरूको दाबी छ । कतिपय लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकको गभर्नरलाई सेयर बजारको भिलेनको संज्ञा दिन थालेका छन् । बितेका तीन महिनामा नेप्से ८ सय अंकभन्दा बढी घटिसकेको छ । नेपाल राष्ट्र बैंकले २०७८/०७९ को मौद्रिक नीतिमा सेयर बजारमा ४/१२ को सीमारेखा कोरेको थियो । यसले […]

सेयर बजार घट्दाको असर घरजग्गामा पनि, १ महिनामै १ अर्ब राजश्व घट्यो

पछिल्लो महिनाको तथ्यांक अनुसार घरजग्गा कारोबार सुस्ताएको छ । असोजको तुलनामा कार्तिक महिनामा घरजग्गा किनबेचमा निकै सुस्तता आएको छ । असोजमा देशभरीमा ५९ हजार २२७ घरजग्गा किनबेच हुँदा कात्तिकमा ५० हजार ८३ मात्रै घरजग्गा किनबेच भएका छन् । असोजमा ४ अर्ब २३ करोड ९२ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन भएकोमा कार्तिकमा घटेर ३ अर्ब २२ करोडमा खुम्चिएको छ । कारण के ?घरजग्गा कारोबारलाई पछिल्लो समय प्रभावित पारिरहेको क्षेत्र बैंकिङ क्षेत्र नै रहेको रियलस्टेट व्यवसायीहरु बताउँछन् । साउनबाट लयमा फर्किएको घरजग्गा कारोबार अहिले बैंकमा लगानीयोग्य रकम (तरलता) अभाव रहेका कारण सिथिल बन्दै गएको व्यवसायीहरुको अनुमान छ ।तरलताको अभावकै कारण बैंकहरुले ऋण प्रवाह गर्न सकेका छैनन् । राष्ट्र बैंकले यस वर्षको मौद्रिक नीतिमा पनि घरजग्गा कारोबारलाई ‘अनुत्पादक’ क्षेत्रमै राखेका कारण बैंकहरुले घरजग्गामा लगानी गर्न क्रमशः कम गर्दै लगेका छन् । यद्यपी, चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन, भदौ, असोज) मा घरजग्गामा बैंकहरुले २८ अर्ब २० करोड रुपैयाँ लगानी गरेका छन् ।अहिले बैंकहरुले सिमित व्यक्ति र कम्पनीलाई मात्रै यस्तो ऋण दिने गरेको घरजग्गा व्यवसायीहरुको गुनासो छ । ठूला व्यवसायीहरुको बैंकमा पनि लगानी हुने र आफन्तको नाममा घरजग्गा कर्जा लिएर आफूले प्रयोग गर्ने गरेका कारण बहुसंख्यकले ऋण पाउन नसक्दा कारोबार सुस्ताएको व्यवसायीको दाबी छ ।अर्कोतर्फ, सेयर बजार निरन्तर ओरालो लागेका कारण पनि घरजग्गा कारोबारमा असर परेको छ । मानिसले सेयरमा कमाएको पैसा घरजग्गामा लगानी गर्ने विश्वव्यापी अभ्यास रहेपनि पछिल्ला केही महिना नेप्से परिसूचक निरन्तर ओरालो लागेका कारण पनि मानिसले सेयरबाट आम्दानी गर्न नसक्दा घरजग्गा कारोबारमा नकारात्मक प्रभाव परेको हो ।‘नेप्से घटिरहेको छ, मानिसको पैसा सेयरमा फसेको छ’ एकजना घरजग्गा कारोबारी भन्छन्, ‘घाटामा सेयर बेच्ने कुरा आएन, कुरौँ न त भनेर मानिस पर्खेर त बसेका छन्, भएको पैसा सेयरमा फसेका कारण मानिससँग पैसा छैन, बैंकले लोन दिँदैन । त्यसैले रियलस्टेट व्यवसाय अहिले सुस्ताएको छ ।’कुन महिनामा कति कारोबार ?चालु आर्थिक वर्ष २०७८/०७९ को साउनमा घरजग्गाको ७५ हजार ४१७ लिखत पारित र ५० हजार ४११ दृष्टिबन्धक वापत ४ अर्ब ७० करोड ३४ लाख रुपैयाँ राजश्व उठेको थियो । तर, भदौमा आउँदा लिखत पारित ७० हजार ९० मा खुम्चियो । दृष्टिकन्धकको संख्या बढेर ६६ हजार ५५८ पुगेका कारण राजश्व भने घटेन । भदौमा ४ अर्ब ७० करोड ८६ लाख रुपैयाँ राजश्व उठ्यो ।तर, असोजमा भने लिखत पारित र दृष्टिबन्धक दुबै घट्यो । असोजमा ५९ हजार २२७ लिखत पारित र ५७ हजार ६१८ दृष्टिकन्धकवापत ४ अर्ब २३ करोड ९२ लाख मात्रै राजश्व उठ्यो । कार्तिकसम्म आईपुग्दा कारोबार (लिखत पारित ५० हजार ८३ र दृष्टिबन्धक ३६ हजार ६२३) अस्वभाविक रुपमा खुम्चिँदा ३ अर्ब २२ करोड ८० ला मात्रै राजश्व उठ्यो ।

मौद्रिक नीतिमा भएका दुई वटा व्यवस्थाको चरम विरोध भएपछि मध्यमार्गी संशोधन गरिँदै

काठमाडौं। मौद्रिक नीतिका दुई वटा मुख्य व्यवस्थाले तरलता अभाव भएर लगानीयोग्य पुँजीको उपलब्धता घटेको र सेयर बजार ओरालो लागेको

सेयर बजार एकैदिन १०८ अंकले घट्यो

मौद्रिक नीतिमा गरिएकोे सेयर धितो कर्जासम्बन्धी व्यवस्थाले साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १०८ अंकले घटेर २८१८.७२ अंकमा झरेको छ । कारोबार सुरु भएलगत्तै घट्न थालेको बजार २ घण्टामै ५.०३ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको थियो । सर्किट ब्रेकसम्ममा नेप्से सूचक २७८० अंकसम्म झरेकोमा त्यसपछि […]

१२३ बिन्दुले घट्यो सेयर बजार

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै भएको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा ‘नेगेटिभ सर्किट’ लागेको छ ।