डोटीमा नगर बस सेवा सञ्चालन

डोटी । डोटीको शिखर नगरपालिकाले नगरवासीलाई सस्तो र सुलभ रुपमा यातायात सेवा उपलब्ध गराउनका लागि नगर बस सेवा सञ्चालनमा ल्याएको छ । उक्त नगर बस सेवाको शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीले ...

सम्बन्धित सामग्री

नगर बस सेवा सञ्चालन गर्दै धनगढी उपमहानगर : RajdhaniDaily.com

RajdhaniDaily.com | धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले नगर बस सेवा सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकाले नगर बस सेवा सञ्चालनका लागि ६ वटा बस खरिद गरेको छ । सुदूरपश्चिम -

धनगढी उपमहानगरपालिकाले नगर बस सेवा सञ्चालन गर्ने, ठेक्का आह्वान

१ साउन, धनगढी । धनगढी उपमहानगरपालिकाले ६ वटा बस खरिद गरेको छ । उपमहानगरपालिकाले धनगढी बजारदेखि फूलबारीसम्म नगर बस सेवा सञ्चालन गर्न दुई करोड ४८ लाखमा ६ वटा बस खरिद गरेको हो । बस सेवा सञ्चालनका लागि …

हतारमा स्थानीय बस, व्यवस्थापनमा चुनौती

सुदूरपश्चिम प्रदेशका स्थानीय तहले हतार हतारमा बस सेवा सञ्चालन गरेको भएपनि पछिल्लो समयमा व्यवस्थापन गर्न चूनौति देखिएको छ । एक वर्षदेखि नगर बस सञ्चालन गरेको डोटीको शिखर नगरपालिकाले नगरभित्र बस सञ्चालन गर्दा उपलब्धी मानेको भएपनि अहिले व्यवस्थापनमा चुनौति थपिएको छ । नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज विनाडीले नगर बस सञ्चालन भएपनि व्यवस्थापन गर्न चुनौति थपिएको बताए । “चालक, सह–चालक, गाडी मर्मत, इन्धन खर्च जुटाउन समस्या भइरहेको छ,” उनले भने, “नगरपालिकाले गत आर्थिक वर्ष बस सेवाबाट झन्डै १८ लाख रकम आम्दानी गरेको थियो । आम्दानी भएको रकम चालक, सहचालक, इन्धन र मर्मत लगायतमै खर्च भयो ।” नगरपालिकाले बस सञ्चालन गर्नुअघि राजनीतिक आधारमा सञ्चालन समिति गठन गरेको थियो ।