पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्नेबारे सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच एक्लाएक्लै छलफल भएको छ। वरिष्ठ नेता पौडेलसहितका २७ केन्द्रीय सदस्यले बुझाएको १६ बुँदे असन्तुष्टि पत्रमा सहमति हुन बाँकी विषयमा छलफल गर्न सोमबार दुई शीर्ष नेताबीच कुराकानी भएको हो।
सभापति देउवा नेता पौडेललाई भेट्न अपराह्न चार बजेतिर बोहोराटार पुगेका हुन्। दुई नेताबीच करिव डेढ घण्टा लामो कुराकानीमा पार्टीलाई एकतावद्ध गरेर अगाडि बढाउनेबारे कुराकानी भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। &lsquo...