काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का नेताहरुले सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दलका नेताहरुलाई छुट्टाछुट्टै भेट गरेका छन्। नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन्।यस्तै अध्यक्ष उपेन्द्र यादव प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन्। ठाकुर र महतो केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका छन्।विपक्षी गठबन्धनले सरकारमा दाबी नगर्ने निर्णयपछि ओलीसँग छलफल गर्न महन्थ र राजेन्द्