काठमाडौं : साउने संक्रान्ति लागेसँग हरियो चुरापोते, कपडा र मेहेन्दीको सिजन सुरु भएको छ। अहिले विभिन्न चोक तथा गल्लीमा हातमा मेहेन्दी लगाउनेको भीड लागेको छ ।मेहेन्दी लगाइदिनेको व्यापार पनि उस्तै व्यापक हुन थालेको छ। उपत्यकाको विभिन्न चोकमा मेहेन्दी लगाउने हरियो चसरा पोते किन्नेको भीड लागेको छ।साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ। अधिकांश नेपाली खेतीमा लाग्ने