काठमाडौँ– यसवर्ष साउन महिनामा पनि चुरा पोतेको व्यापार सन्तोषजनक हुन सकेको छैन। साउन लागेसँगै काठमाडौँको असन बजार हरियो, राता, पहेलो चुरा, पोते, मेहेन्दी र पहेँलो कपडाले सजिएको छ। तर गत वर्षहरुमा जस्तो ग्राहक भने आएका छैनन्। महिलाहरुले हातमा मेहेन्दी र चुरा लगाएर व्रत बस्ने हुनाले यतिबेला इन्द्रचोक र असन बजारमा महिलाहरुको अत्याधिक भीड लाग्ने गर्दथ्यो। […]