सत्यराज सिंहबझाङ : वर्षाले बझाङका भूकम्प पीडितको बिचल्ली भएको छ। मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।भूकम्पबाट बझाङमा एकजनाको मृत्यु भएको थियो भने घाइते हुनेको संख्या २२ पुगेको छ। भूकम्पका कारण बझाङका धेरै घर चर्किएका र केही भत्किएका छन्। फेरि भूकम्प आउने डरले पीडितहरूले खेतबारी र चौरमा पाल टाँगेर रात बिताइरहेका छन्।केहीले भने प्लाष्टिकले बेरबार पारेर रात कटाएका छन्। बझाङमा शनिबार साँझ ६ बजेदेखि निरन्तर पानी परिरहेको छ।वर्षाका कारण भूकम्पपीडित थप प्रभावित भएका छन्। सदरमुक