दलहरुको आन्दोलनमा राष्ट्रपतिको यौनिकतामाथि हमला भयो : सांसद पौड्याल

राष्ट्रियसभा सांसद विमला राई पौड्यालले राजनीतिक दलले गरेको आन्दोलनमा राष्ट्रपतिको यौनिकतालाई विषय उठाइएको भन्दै आपत्ति जनाएकी छन् । केही दिनअघि काठमाडौंमा नेकपाको प्रचण्ड– माधव समूहले गरेको विरोध कार्यक्रममा राष्ट्रपतिविरुद्ध नाराबाजी भएको थियो । त्यस क्रममा राष्ट्रपतिको यौनिकतामाथि हमला भएको भन्दै उनले भनिन्, ‘त्यहाँ जुन किसिमको नाराहरु लागे । यदि पुरुष राष्ट्रपति भएको भए र त्यही […]

सम्बन्धित सामग्री

गठबन्धन संस्कृति लोकतन्त्रका लागि सबैभन्दा कुरुप पक्ष बन्योः विमला राई पौड्याल

काठमाडौं,२६ साउन । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत सांसद डा.विमला राई पौड्यालले नेपालमा गठबन्धन संस्कृति लोकतन्त्रकै कुरुप पक्ष बनेको बताएकी छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै पूर्व परराष्ट्रमन्त्रीसमेत रहेकी पौड्यालले सत्तापक्षले बहुमतको आडमा सुन बरामद प्रकरणमा मुछिएकाहरुलाई छानबिनको दायरा नल्याउने काम गरिरहेको आरोप लगाउँदै त्यो लोकतन्त्रका लागि सबैभन्दा कुरुप पक्ष भएको जिकिर गरेकी हुन् । […]

बहुमतको आडमा सुन तस्करीमा संलग्नलाई छानबिनको दायरामा नल्याएको सांसद पौडेलको आरोप

काठमाडौं । राष्ट्रिय सभाकी सांसद डा. विमला राई (पौड्याल) ले सरकारले बहुमतको आडमा सुन तस्करीमा संलग्न व्यक्तिहरुमाथि छानबिन गर्न नदिएको आरोप लगाउँदै त्यस्तो प्रयास गर्नु लोकतन्त्रको लागि नै घातक भएको टिप्पणी गर्नुभएको छ ।शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले सत्तापक्षले बहुमतको आडमा सो प्रकरणमा मुछिएकाहरुलाई छानबिनको दायरा नल्याउने काम गरिरहेको आरोप लगाउँदै त्यो लोकतन्त्रका लागि […]

संसदमा सांसदले खोजे शिशु स्याहार केन्द्र

२९ माघ, काठमाडौं । प्रतिनिधिसभामा शिशु स्याहार केन्द्रको खोजी भएको छ । नेपाली कांग्रेसका सांसद रमा कोइराला पौड्याल यस सम्बन्धमा सरकारको ध्यानाकर्षण गरेकी छन् । ‘हाम्रो संविधानले ३३ प्रतिशत महिला सदनमा प्रवेश गराउने प्रावधान राखेको छ । तर, मैले यो सदनभित्र देखेको छैन्- यहाँ शिशु स्याहार केन्द्रको व्यवस्था छ या छैन ?’ आइतबार प्रतिनिधिसभाको बैठकमा […]

संसद गठबन्धनका नेताहरूको क्लब बनेको हो: विमला राई पौड्याल

राष्ट्रिय सभाकी सांसद डा.विमला राई पौड्यालले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक जस्ताको त्यस्तै संसदबाट पास गर्नु राष्ट्र अध्यक्षलाई अपमान गरेको महसुस भएको बताए ।बिहीबार राष्ट्रियसभामा पेस भएको नागरिकता विधेयकसम्बन्धी छलफलमा बोल्दै सांसद राईले यस्तो बताएका हुन् । उनले राष्ट्राध्यक्ष विद्यादेवी भण्डारी नभएर संस्था भएकाले सरकारले राष्ट्रपतिको अपमान गरेको आफूले ठानेको बताए ।उनले राष्ट्र अध्यक्षले विधेयकमा […]

सरकारले नागरिकता विधेयकमाथि बलमिच्याइँ गर्‍योः सांसद पौड्याल

‘नेपालमा आएको भोलिपल्ट किन यस्तो प्रावधान राखियो? सात वर्ष भनेर प्रतिनिधि सभाले भन्दाभन्दै यो सरकारले किन यसरी बलजफ्ती गर्‍यो। के को आधारमा गर्‍यो? के को इन्ट्रेस्टमा गर्‍यो? यो कुरा यहाँ प्रष्ट पारिनुपर्छ। लैंगिक विभेद र पितृ सत्ताको बलमिच्याइँ प्रष्ट रु...

शीर्ष नेताहरुलाई वृद्धभत्ता खाएर बस्न सांसद पौड्याल आग्रह

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले शीर्ष नेताहरुलाई वृद्धभत्ता खाएर बस्न आग्रह गरेकी छन् । मंगलबार राष्ट्रियसभामा भएको बजेट छलफलमा भाग लिँदै उनले वृद्धभत्ता पाउने उमेर ६८ वर्ष बनाएकामा आपत्ति जनाइन् । उनले ६८ वर्षमा नै काम गर्न नसक्ने भन्ने हो भने प्रधानमन्त्रीसहित शीर्ष नेताहरु भत्ता खाएर बस्नुपर्ने धारणा राखेकी हुन् । […]

प्रदेश सरकार विपद् व्यवस्थापनमा जिम्मेवार भएन : सांसद पौड्याल

बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले प्रदेश सरकार विपद् व्यवस्थापनमा जिम्मेवार नभएको बताएका छन् । बागमती प्रदेशसभाको शुक्रबार बसेको बैठकमा विषेश समय माग गर्दै सांसद् पौड्यालले प्रदेश सरकारले विपद्को समयमा झुटो आश्वासन बाँड्नका लागि सो क्षेत्रमा अनुगमन जाने गरेको बताए । हरेक वर्ष सिन्धुपाल्चोकमा आइपर्ने विपद्को समयमा पनि प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु सो क्षेत्रमा गएर आश्वासन बाँड्ने तर कार्यान्वयन तर्फ काम कुनै काम गर्न नसकेको उनले बताए ।सरकारले विगतमा पनि विपद्को बेलमा अनुगमनका लागि