पोखरा । गण्डकी प्रदेशमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लाका ६१८ जनाको नमूना परीक्षण गरिएकोमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण देखिएको हो । गण्डकी प्रदेशका ९ जिल्लामा २७४ संक्रमित देखिएका मध्ये सबैभन्दा धेरै कास्कीको पोखरामा १६३ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।उनकाअनुसार कास्कीका ३१३ जनाको परीक्षण गर्दा पोखरा महानगरका १६३ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी तनहुँका १७ जनाको परीक्षण गर्दा ७ जना पोजेटिभ द