नेपालगन्जबाट कर्णालीको हिमाली जिल्ला हुम्ला पठाउने चामल नेपालगन्जमै थन्किएको छ । हवाई मार्गबाट ढुवानीका लागि टेण्डर आह्वान गर्दा मापदण्डअनुसारको बोलपत्र नपरेको र स्थलमार्गबाट ढुवानी गर्न समस्या भएकाले हुम्ला जिल्लामा चामल ढुवानी हुन नसकेको हो । सरकारले यस वर्ष नेपालगन्जबाट हुम्लामा तीन हजार पाँच सय क्विन्टल चामल पुर्याउने कोटा तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट पुर्याउने भनिएको उक्त चामल भने ढुवानी हुन नसकी नेपालगन्जमै थन्किएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड