मोरङ – अभिनेत्री रेखा थापालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले मोरङबाट प्रतिनिधिसभाको प्रत्यक्षको लागि उम्मेदवार सिफारिस गरेको छ। मोरङको निर्वाचन क्षेत्र नम्बर ३ स्थित सुन्दरहरैंचा नगरपालिका निवासी थापा र अम्बिका अधिकारीको नाम पार्टीले सिफारिस गरेको जिल्ला अध्यक्ष माधवप्रसाद आचार्यले जानकारी दिए। क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ नाम सिफारिस भएकी अभिनेत्री थापाले आफ्नो प्रचार–प्रसार अभियानसमेत सुरु गरेकी छन्। […]