मध्य असारपूर्व नै लगातार पानी परिरहेपछि महोत्तरीमा किसान धान रोपाइँमा लागेका छन् । कैयौं दिन कुर्दा पनि नजिकका आफ्ना बजार र कृषि सहकारीमा खाद ९रासायनिक मल० नपाएपछि किसान परेको पानी खेर जान नदिन भन्दै रोपाइँमा लागेका हुन् । पछिल्ला पाँच–छ दिनयता दिनहुँजसो पानी परिरहेपछि किसानको रोपाइँमा व्यस्तता बढेको हो । यसअघि माटो गाल्ने गरी पानी नपरेर आकाश ताक्दै आएका किसानलाई अहिले दिनहुँको वर्षासँगै रोपाइँ चाँडै सक्ने ध्याउन्न बनेको छ ।“वरपर बजारमा मल पाइएन, पानी परेको परै छ, त्यसैले पानी