सिरहा : सिरहा जिल्लामा अहिलेसम्म ७० प्रतिशत धान रोपाइँ भएको छ। यस वर्ष समयमै पर्याप्त मात्रामा वर्षा भएकोले जिल्लामा हालसम्म ७० प्रतिशत धान रोपाइँ सकिएको र अब ३० प्रतिशत रोपाइँ हुन मात्र बाँकी रहेको जिल्ला कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ।आकाशे पानीको भरमा खेती गर्ने सिरहाका किसानहरु समयमै वर्षा भएकोले अहिलेसम्म ७० प्रतिशत धान रोपाइँ गरेका छन्। सिरहा जिल्लामा कुल ७३ हजार हेक्टर खेतीयोग्य जग्गा रहेको छ जसमध्ये ५४ हजार हेक्टर जग्गामा धान खेती गर्ने गरिन्छ।धान खेती हुने ५४ हजार हेक्टर जग्ग