काठमाडौं : भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कोरोना संक्रमणदर बढ्दै गएको छ। यहाँ हाल दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। मंगलबारमात्रै यस प्रदेशमा ९ जनामा संक्रमण देखिएको छ।
स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार गत शनिबार कोरोना संक्रमण शून्य रहेकामा आइतबार तीन, सोमबार सात र मंगलबार नौ जनामा संक्रमण देखिएको…