कैलाली – प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र डुबानको समस्यालाई दीर्घकालीन रूपमा समाधान हुने गरी पहल गरिने बताउनुभएको छ । आज शुक्रवार कैलालीको टीकापुर नगरपालिका ८ वनगाउँ क्षेत्रमा बाढीका कारण भएको क्षतिको निरीक्षणका क्रममा प्रधानमन्त्री देउवाले बाढी र डुबानको समस्या दीर्घकालीन रूपमा समाधान हुने गरी योजना बनाएर काम गरिने बताउनुभएको हो ।
अहिले बाढी, पहिरो र डुबानका कारण ठूलो क्षति भएको छ । यो विपत्तिका समयमा तत्काल राहत, उद्धार र नागरिकलाई सहानुभूति आवश्यक छ । त्यसमा सरकार लागिसकेको छ, प्रधानमन्त्री देउवाले ...