सुरुवाती दिनमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा केही गर्ने जोश देखाएका थिए । तर बिस्तारै यो अनुगमनको प्रचारबाजीमा बदलियो । हुँदाहुँदा दीर्घकालीन महत्वका नीतिगत विषयमा उल्लेख्य कुनै कामै भएनन् ।
पूर्व स्वास्थ्य मन्त्री नै रहेका जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा जाँदैछ। उपप्रधानमन्त्री सहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी यादवले पाउने छन् भने उक्त पार्टीकै नेता दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बन्दैछन् ।
काठमाडौं, ८ माघ । नेकपा एमालेका नेता एवं स्वास्थ्य मन्त्री पदम गिरीले नेकपाको एमालेको सिफारिस गरेको व्यक्ति नै नयाँ राष्ट्रपति हुने बताएका छन् । सभामुख, उपसभामुख लगायत प्रदेशको सरकार गठनमा एकमत भएको गठबन्धन अब एक नहुने प्रश्नै नभएको उनको दाबी छ । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा […]
भारतको दिल्ली सरकारका स्वास्थ्य मन्त्री सत्येन्द्र जैन सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका स्वास्थ्य मन्त्री जैन सन् २०१५/०१६ मा कोलकाताको एक फर्मसँगको लेनदेनमा संलग्न भएको आरोपमा पक्राउ परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले जैन र उनको परिवारविरुद्ध २०१७ को अगस्टमा १ अर्ब ६२ करोड भारतीय रुपैयाँ सम्पति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको थियो । जैन पक्राउ परेकोमा आम आदमी पार्टीले विरोध गरेको छ । जैन हिमाञ्चल प्रदेशका आम आदमी पार्टीका इञ्चार्ज समेत...
काठमाडौं । भारतको दिल्ली सरकार स्वास्थ्य मन्त्री सत्येन्द्र जैन सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका स्वास्थ्य मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँगको लेनदेनमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् । भारतको केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई) ले जैन र उनको परिवार विरुद्ध अगस्ट २०१७ मा १ अर्व […]
नयाँ दिल्ली । भारतका केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख माण्डभियाले सबै राज्यमा अगस्ट महिनाभर थप दुई करोडभन्दा बढी खोप उपलब्ध गराइने जानकारी दिएका छन् । केन्द्र सरकारले सबै राज्यका शिक्षकलाई आगामी ५ सेप्टेम्बरमा मनाइने शिक्षक दिवसभन्दा पहिले सबै विद्यालयका शिक्षकलाई खोप लगाउने प्रयास गर्न अनुरोध गरेको पनि स्वास्थ्य मन्त्री माण्डभिया ट्विटर मार्फत बताएका छन् । यस […]
एजेन्सी। बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदलाई कोरोना भाइरस संक्रमण भएको छ। गत जुनमा स्वास्थ्य मन्त्री बनेका साजिदले आफू कोरोना संक्रमित भएको ट्विटरमार्फत जानकारी दिएका छन्। खोपको दुवै मात्रा लगाएका उनले सामान्य लक्षणहरु देखिएको बताएका छन्। साजिदले आइसोलेशनमा बसेर घरबाटै काम गर्ने उल्लेख गरेका छन्। उनले खोप नलगाएका तथा खोपको मात्रा पूरा नगरेकालाई पनि खोप लगाउन अनुरोध गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य सङ्कटकाल लाग्न सक्ने सङ्केत गरेका छन् । कोरोना महामारीको दोस्रो लहर अझै एक महिनासम्म तीव्र गतिमा फैलिन सक्ने भएकाले रोकथामका लागि स्वास्थ्य संकटकालको विषयमा छलफल भइरहेको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री त्रिपाठीले बताए । जनस्वास्थ्यविद्हरुको सुझावका आधार स्वास्थ्य मन्त्रालय अगाडि बढ्ने मन्त्रालय सचिव लक्ष्मण अर्यालले बताए । देशमा राजनीतिक हलचल भएपनि स्वास्थ्य मन्त्रालय कोरोना महामारीको युद्धमा निरन्तर लडिरहेको मन्त्री