वर्षौदेखि अलपत्र भ्यू टावर

काठमाडौं, ६ चैत । काठमाडौँ महानगरपालिका वडा नं. २८ स्थित पुरानो बसपार्कमा निर्माण भइरहेको भ्यु टावर । भ्यु टावर निर्माणका लागि बसपार्क हटाएको बर्षौँ बितेपनि सम्पन्न हुनसकेको छैन । टावर निर्माण सम्पन्न नहुँदा अहिले राजधानीको मुख्य भागमा बसपार्क छैन । टावर निर्माण सम्पन्न भएपछि यसको तल्लो तलामा बसपार्क बनाइने जनाइएको छ । तस्बिरः पूर्णप्रसाद मिश्र÷रासस

सम्बन्धित सामग्री

सात वर्षदेखि अलपत्र भ्यू टावर : खुलामञ्चमा भूमिगत पार्किङ योजनामा महानगर

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रको सवारी चाप व्यवस्थापन गर्न भन्दै आज भन्दा ७ वर्षअगाडि शिलान्यास गरेको काठमाडौं भ्यू टावर अलपत्र छ। ठेकेदार कम्पनी र काठमाडौं महानगरको ढिला सुस्तीका कारण निर्माण हुन नसकेको हो।  वर्षाै‌देखि अलपत्र टावर निर्माण नसकिँदै महानगरले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना अगाडि बढाएको छ। यसअघि अस्थायी बसपार्कको रूपमा प्रयोग गरिएको खुलामञ्चमा भूमिगत पार्किङ निर्माणका लागि डीपीआर तयार गर्ने लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ। अलपत