काठमाडौं । मलिन अनुहार लिएर घुम्टो ओडेकी एक अधबैँसे महिलालाई नेपथ्यबाट कसैले सोधको सुनिन्छ– के होला नाम ?
जवाफ : सूर्यबहादुर रोकाया
'मृतक हो कि बेपत्ता हो ?'
तर्सिएकी महिलाको आवाज सुनिन्छ– हँ ?
आँखाबाट आँसु बगाएकी उनी हलचन नगरी उभिइरहन्छिन् ।
त्यसपछि ‘फेडइन’ हुँदै गरेको धुनसँगै धमिलो दृश्यमा देखिन्छन्, प्रकाश अर्थात् चलचित्र ‘प्रकाश’का मुख्य पात्र...