काठमाडौं : प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिट माथि संवैधानिक इजलासमा सभामुख अग्निप्रसाद सापकोटा पक्षका अधिवक्ताहरुको बहस सकिएको छ।
सभामुखको तर्फबाट बहस गर्ने अधिवक्ताहरुले राष्ट्रपतिले संविधानको उल्लंघन गरेको दाबी गरेका छन्। वरिष्ठ अधिवक्ता श्याम खरेलले संविधानको धारा ६१ को उपधारा २ ले राष्ट्रपतिलाई संविधान र संघीय कानुन बमोजिम गर्न भनेको भन्दै…