काठमाडौं – महोत्तरीको बर्दीबासस्थित नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वार्टरले स्थानीय पत्रकारहरुलाई रक्षा संवाददाता अभिमुखीकरण तालिम दिएको छ । गत बैशाख २२ देखि शुरु भएको चारदिने तालिम शुक्रबार सकिएको पृतना कार्यालयले जनाएको छ । समापन कार्यक्रममा नेपाली सेनाका मध्य पूर्वी पृतनाका चिफ अफ स्टाफ सहायक रथी भूवन खत्रीले अभिमुखीकरणमा सहभागी सञ्चारकर्मीलाई प्रमाणपत्र वितरण गरे । […]