कोरोना महामारीका बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ । दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको संख्या बढ्दो छ ।
पाल्पाको सदरमुकाम तानसेनबाट करीब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिएपछि आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् ।
अहिले दैनिक ४०० हाराहारी मानिसहरू आउने गरेको डुङ्गा चालक भगवान देवकोटा बताउँछन् ।
उनी भन्छन्, ‘माघे संक्रान्ति पश्चात् मानिसहरू दिनहुँ बढेका छन्, हामीलाई पनि डुङ्गा चलाउने काम पुगेकै ...