मेचीनगर, १ जेठ । मेचीनगर–३ स्थित तेलपानी सामुदायिक वनमा आज बिहान छावासहित पसेका १५ वटा जङ्गली हात्तीका कारण बाहुनडाँगीवासी त्रसित भएका छन् । पालिका अन्य क्षेत्रका बासिन्दाको ध्यान स्थानीय तहको निर्वाचनको मत गणनासँगै परिणामतिर सोझिरहेका बेला बाहुनडाँगी, १, ३ र ४ का बासिन्दा भने हात्तीबाट ज्यान र बाली जोगाउनतिर लागेको स्थानीयवासी शङ्कर लुइँटेलले जानकारी दिए। […]