दार्मा गाउँपालिकास्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालय, नव सर्वसाधारण मावि र नेरामावि दार्माकोटको गरी तीन भवन निर्माणाधीन अवस्थामै नौ वर्षदेखि अलपत्र परेका छन् । शान्ति मन्त्रालयको अनुदानमा निर्माण गर्न थालिएको विद्यालय भवन मन्त्रालय विघटनसँगै बजेट आउन छाडेपछि लामो समयदेखि अलपत्र परेका हुन् ।