रुकुम पूर्व : जीप दुर्घटना हुँदा दुई डीएसपीसहित चार प्रहरी घाइते

रुकुम – रुकुम पूर्वमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु चढेको जीप दुर्घटना भएको छ । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ११ सेरामाथिको मोडमा जीप दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीसहित चार जना घाइते हुनुभएको छ । उहाँसँगै सशस्त्र प्रहरी बलका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक (डीएसपी) रविन श्रेष्ठ सामान्य घाइते हुनु भएको छ । घाइतेमध्ये गम्भीर घाइते प्रहरी जवानलाई थप उपचारका लागि अस्पतालसम्म पुर्‍याउन नेपाली सेनाको हेलिकप्टर आउन लागेको जनाइएको छ ।&n...

सम्बन्धित सामग्री

स्याङ्जामा जीप दुर्घटना हुँदा एक जना घाइते

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा जीप दुर्घटना हुँदा एक जना घाइते भएका छन् । आज दिउँसो १२ बजे वालिङ नगरपालिका ११ सिर्सिकोट छापास्थित बायटारी सिर्सीकोट भित्र सडक खण्डमा सिर्सिकोटबाट वालिङ तर्फ आउँदै गरेको लु १ ज २५३६ नम्बरको जीप दुर्घटना हुँदा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव […]

बैतडीमा जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते

बैतडी – बैतडीमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। पुर्चौडी नगरपालिका- ७ सुइलेकमा जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका हुन्। बुधबारराति धनगढीबाट बझाङको बुङ्गल नगरपालिका गइरहेको सु.प.प्र ०१-००१ च ३३८८ नम्बरको जीप दुर्घटना हुँदा ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ।

जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचको मृत्यु, नौ जना घाइते

धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै गर्दा आज बिहान ४ः३० […]

बझाङमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

२ कात्तिक, धनगढी । बझाङमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ‘हामी भर्खरै घटनास्थलमा आइपुगेका छौँ,’ बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले अनलाइनखबरसँग भने, ‘चार जनाको शव […]

जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो

काठमाण्डाै - जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सुर्खेतबाट मुगुका लागि छुटेको लु १ ज ३७३४ नम्बरको जीप दुर्घटना हुँदा मुगु जिल्ला राराछायाँनाथ नगरपालिका–२ का २५ वर्षीय दीपक तिरुवाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । ब्रेक फेल भएर जीप दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको छ। दुर्घटनामा जीप चालक दलबहादुर बुढा घाइते भएका र उहाँलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइ...

हेटौंडामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

मकवानपुरको हेटौंडामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ तिनताप्केमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ च ३६२७ नम्वरको कुखुरा बोक्ने बोलेरो जीप हेटौंडा–३ तिनताप्केमा अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा बोलेरो सवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ चौघडा बस्ने ३३ वर्षीय गोपाल दाहाल रहेको जिल्ला प्रहरी

डोटीमा जीप दुर्घटना हुँदा ५ जना घाइते

२९ वैशाख, धनगढी । डोटीमा स्कारपीयो जीप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित पाँच जना घाइते भएका छन् । जोरायल गाउँपालिका-२ को रुवसकाँडामा डडेल्धुराबाट धनगढीतर्फ आउँदै गरेको प्रदेश नम्बर ०३०१-०२४च९१३८ नम्बरको जीप दुर्घटना हुँदा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय बुडरका वरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त खातीले दुर्घटनामा डडेल्धुराको […]

बैतडीमा जीप दुर्घटना हुँदा १० जना घाइते

२० मंसिर, धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार साँझ पाटन बजारबाट सोही नगरपालिका-१ को सकारतर्फ गइरहेको से१ ज ८८८ नम्बरको जीप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले घाइतेहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ केन्द्र पाटन ल्याउने काम […]

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जाजरकोट- जाजरकोटको गेडेनीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–५ खाराबाट कालिमाटीतर्फ आउँदै गरेको भे१ज ९८७ नम्बर को जीप दुर्घटना हुँदा बारेकोट–२ की २९ वर्षीया शान्ति रोकाय र नाम नखुलेका एक पुरुषको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए । दुवै जनाको घट्नास्थलमै मृत्यु भएको हो ।

पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवामा आज बिहान जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको काजीपौवास्थित भित्री सडकखण्डमा लु२च ६३२ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर त्वातीले जानकारी दिए । मृत्यु हुनेमा बगनासकाली गाउँपालिका–४ खानीछापका २० वर्षीय विजय खाम्चा र रिब्दीकोट गाउँपालिका–४ भैरवस्थानका २७ वर्षीय राजु थापा रहेका छन् । जीप दुर्घटनामा परेर घाइते भएका दुवै जनालाई उपचारका लागि मिसन अस्पताल पुर्‍य...