काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) टिम विराटनगर सिटी एफसीका मुख्य प्रशिक्षण सम्हालेका भारतीय प्रशिक्षक यान लले आफ्नो तलब कोरोना भाइरसको महामारीविरुद्ध लड्न सहयोग गर्ने बताएका छन्। यानले बिहीबार सामाजिक संजालमार्फत एनएसएलको कमाई नेपाल र भारतको कोभिड कोषलाई प्रदान गरिने बताएका हुन्। एनएसएलमा यानले सम्हालेको विराटनगर लिग चरणबाटै बाहिरिएको थियो।