काठमाडौं : चरम आर्थिक संकट व्यहोरिरहेको श्रीलंकामा संकटकाल घोषणा भएको छ। आर्थिक संकटका कारण देशभर सरकार विरोधी प्रदर्शन बढेपछि राष्ट्रपति गोटबाया राजपक्षेले मुलुकमा संकटकालको घोषणा गरेका छन्।यसअघि अघिल्लो दिनभर र रातभर राष्ट्रपति भवन अगाडि प्रदर्शन भएपछि कर्फ्यु आदेश जारी भएको थियो। पछिल्लो पटक हिजो राष्ट्रपति राजपक्षेले प्रदर्शनकारीमाथि सैन्य कारबाहीको अधिकार दिँदै संकटकाल लागू गरे। संकटकालमा प्रदर्शनमा उत्रिने माथि सेनाले गोली चलाउन सक्ने र पक्राउ परेकालाई लामो समय जेल राख्ने अधिकार