आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौँ– आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९र८० को साउनदेखि पुससम्मको तथ्यांकमा आधारित अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन गरेर मंगलबार प्रतिवेदन सार्वजनिक गरेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली र तरकारी एवं फलफूल तथा मसला) को उत्पादन चार दशमलव तीन […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेशमा खाद्य उत्पादनमा वृद्धि, दुग्धजन्य उत्पादन भने घट्यो

भदौ ३१, वीरेन्द्रनगर । कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेको छ ।  प्रदेशमा खाद्यबालीले ढाकेको भू–क्षेत्र र खाद्य उत्पादनमा वृद्धि भएको पाइएको हो । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७/ ७८ का अनुसार कर्णालीमा खाद्यबालीले ढाकेको भू–क्षेत्र २ दशमलव ६९ प्रतिशत बढेको छ भने ६ दशमलव ५२ प्रतिशतले उत्पादनमा वृद्धि भएको छ । प्रतिवेदन अनुसार विगतका वर्षको तुलनामा धानबालीको उत्पादन ३ दशमलव ८१ प्रतिशतले बढेको छ । मकै र कोदोबाली १७ दशमलव ४५ प्रतिशतले उत्पादन बढेको छ । प्रदेशमा तरकारी उत्पादन भने घटेको अध्ययनले देखाएको छ । तरकारी उत्पादनमा २ दशमलव २६ प्रतिशतले गिरावट आएको हो । गत वर्ष सोही अवधिमा तरकारी उत्पादन २५ प्रतिशतले बढेको पाइएको थियो । तरकारी उत्पादन सबैभन्दा बढी सल्यान र कम उत्पादन हुम्लामा भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, पशुजन्य उत्पादन मासु, माछा र अण्डामा वृद्धि भएको छ । दुग्धजन्य उत्पादन भने घटेको छ । दुग्धजन्य उत्पादनमा शून्य दशमलव ६९ प्रतिशतले कमी आएको हो । कोरोना महामारीबाट सृजित बन्दाबन्दी तथा निषेधाज्ञाका कारण तरकारी र दुग्धजन्य पदार्थको उत्पादनमा कमी आएको अध्ययनको निष्कर्ष छ । नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयका प्रमुख विनय सिग्देलले कोरोना महामारीले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको देखिएको बताए । उनका अनुसार कर्णालीमा पर्यटक आवागमनको संख्या ९४ दशमलव ९६ प्रतिशतले घटेको छ । पर्यटकस्तरीय होटल तथा लजको संख्या ६ दशमलव ४३ प्रतिशतले घटे पनि उनले बताए ।  आर्थिक वर्ष २०७६/ ७७ को चैतदेखि २०७८/ ७९ को भदौसम्म कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि अवलम्बन गरिएको पटक–पटकको बन्दाबन्दीले प्रादेशिक अर्थतन्त्रमा संकुचन ल्याएको अध्ययन प्रतिवेदनले औंल्याएको छ ।

कर्णालीमा बढ्यो खाद्यबाली उत्पादन, तरकारी उत्पादन भने घट्याे

काठमाण्डौ – कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेको र तरकारी उत्पादन घटेको अध्ययनले जनाएको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७/७८ का अनुसार कर्णालीमा खाद्यबालीले ढाकेको भूक्षेत्र २.६९ प्रतिशत र ६.५२ प्रतिशतले उत्पादनमा वृद्धि भएको छ । त्यहाँ धानबाली ३.८१, मकै र कोदोबाली १७.४५ प्रतिशतले उत्पादन बढेको छ भने तरकारी उत्पादन २.२६ प्रतिशतले घटेको देखिएको छ । गएको वर्ष यही अवधिमा तरकारी उत्पादन २५ प्रतिशतले बढेको थियो । यस्तै, पशुजन्य उत्पादन अण्डा, मासु, माछा उत्पादन बढेको छ भने ...

कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढ्दो

काठमाडौं । कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेसंगै तरकारी उत्पादनमा कमी आएको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार २०७७÷७८ मा ६ दशमलव ५२ प्रतिशतले खाद्यबाली उत्पादनमा वृद्धि भएको छ भने २ दशमलव २६ प्रतिशतले तरकारी उत्पादन घटेको छ । त्यस्तै, पशुजन्य उत्पादन अण्डा, मासु, माछाको उत्पादन बढेको छ भने दुग्धजन्य उत्पादनमा […]

कर्णालीमा खाद्यान्न उत्पादन बढ्यो : राष्ट्र बैंक

कर्णाली – कर्णाली प्रदेशमा खाद्यान्न उत्पादन बढेको छ। तरकारीको उत्पादन भने घटेको छ। नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७÷७८ का अनुसार कर्णालीमा खाद्यान्न उत्पादन बढेको हो। उक्त प्रतिवेदनअनुसार खाद्य बालीले ढाकेको भूक्षेत्र २.६९ प्रतिशतले बढेर उत्पादनसमेत ६.५२ प्रतिशतले वृद्धि भएको छ। यहाँ धान र मकैको उत्पादन क्रमशः ३.८१ र ७.४५ प्रतिशतले बढेको […]