समीक्षा बाँस्कोटाको नेतृत्वमा रहेको विवेकशील साझा पार्टीले मंगलबार आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनबाट चुनावी प्रतिबद्धता सार्वजनिक गरिएको छ । १३ बुँदेमा समेटिएको २ पन्ने प्रतिबद्धतामा राइट टु रिकल र राइट टु रिजेक्टसम्मका विषय समेटिएका छन् । यस्तै नोट चल्ने तर भोट नचल्ने अवस्थाको अन्त्य गर्दै विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्ने र भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय नागरिक आयोग गठन गर