संयोग भनौं वा नियमितता, स्विडेनमा संयुक्त राष्ट्रसंघको पहिलो र ऐतिहासिक ‘मानव पर्यावरण सम्बन्धी स्टकहोम सम्मेलन–१९७२’ को ५०+ वार्षिकोत्सव मनाइँदै गर्दा नेपालको सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारका सबै निर्णय बदर गरिदियो ।