रानीपोखरीको पुरातात्विक उत्खनन गर्ने निर्णय, जनताको सुझाव पनि लिइने

१७ पुस, काठमाडौं । विज्ञ समूहले रानीपोखरीको पुरातात्विक उत्खनन गर्न पुरातत्व विभागलाई अनुरोध गरेको छ । रानीपोखरीलाई प्रताप मल्लकालीन शैलीमै बनाउने निर्णय गर्दै काठमाडौं महानगरपालिकाले पुरातत्वका पूर्व महानिर्देशक विष्णुराज कार्की नेतृत्वको विज्ञ समूह बनाएको थियो । सोमबार बसेको विज्ञ समूहको पहिलो बैठकले रानीपोखरी पुनर्निर्माण थाल्नुअघि उत्खनन गर्नुपर्ने निष्कर्ष निकालेको छ । 'पुरातात्विक …

सम्बन्धित सामग्री

‘खानेपानीको दीर्घकालीन योजना बनाऔँ’

सांसदहरूले तराई–मधेशमा खानेपानी सङ्कटलाई लिएर दीर्घकालीन योजना बनाउन सरकारलाई सुझाव दिएका छन् । उनीहरूले योजना तयार भएर कार्यान्वयन हुँदासम्म नदी प्रणाली नै सुक्खा हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधि सभामा विनियोजन विधेयक–२०८१ अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा प्रतिनिधि सभा सदस्य निर्मला कोइरालाले राज्यले दिएको अधिकार पत्र बोकेर ठेकेदार पहाड तथा नदी सर्वनाश गर्न लामबद्ध भएको भन्दै यसप्रकारको गतिविधि रोक्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “ठेकेदारहरू अधिकार पत्र बोकेर पहाड उक्लेका छन् । हजारौँ टिप्परले एकै दिनमा एउटा पहाड बोक्ने गरी उत्खनन गरेका छन् । खानी लुटिँदै छ । नदी तीव्र गतिमा पुरिँदै छ । समथर भू–भाग मरुभूमिकरणमा परिणत हुँदै छन् ।” सदस्य कोइरालाले विज्ञान र प्रविधि उपयोग गरी पानी सञ्चित गर्ने उपाय अवलम्बन गर्न सुझाव दिनुभयो ।

पानीको स्रोत संरक्षणमा लाग्न प्रदेश सरकारलाई प्रजिअहरुको सुझाव

मधेश प्रदेशका प्रमुख जिल्ला अधिकारीहरुले पानीको स्रोत संरक्षण गर्न प्रदेश सरकारलाई सुझाएका छन् । चुरे संरक्षण, नहरहरुको निर्माण, पुरिएका पुराना पोखरीहरुको उत्खनन, पानी रिचार्जको नयाँ प्रविधि र प्याकेजहरु तयार पार्न प्रमुख जिल्ला अधिकारीहरुले प्रदेश सरकारलाई सुझाव दिएका हुन् ।

सम्पदाविज्ञको अन्तर्राष्ट्रिय कार्यशाला

बृहत्तर लुम्बिनी क्षेत्रका सम्पदाको उत्खनन, संरक्षण गर्दै उत्कृष्ट शान्ति धाम बनाउन लुम्बिनीमा बुधबारदेखि तीनदिने अन्तर्राष्ट्रिय विज्ञ समूहको कार्याशाला गोष्ठी सुरु भएको छ । पुरातत्त्व, संरक्षण र सम्पदाका क्षेत्रमा ख्याति कमाएका स्वदेशी तथा विदेशी विषय विशेषज्ञले हानिनोक्सानी नपुर्‍याई प्राकृतिक रूपमा संरक्षण गर्न योजना र सुझाव दिनेछन् । लुम्बिनी क्षेत्रमा संरक्षणको मूल्य मान्यता राख्दै विकास गर्न सरकार, पुरातत्त्व विभाग, युनेस्को नेपाल र लुम्बिनी विकास कोषले स्वदेशी र विदेशी विशेषज्ञ सम्मिलित विज्ञ समूह बनाएको हो । यो थिङ्क ट्यांक समूह हो ।

आभूषण व्यवसाय वार्षिक १० प्रतिशतले बढ्दो

काठमाडौं । नेपाल रत्न तथा आभूषण संघले वार्षिक १० प्रतिशतले व्यवसाय बढेको बताएको छ । शनिवार काठमाडौंमा सम्पन्न संघको १७औं वार्षिक साधारणसभामा आन्तरिक कारोबार तथा निर्यात बढ्दै गएको भन्दै व्यवसायीले कच्चा पदार्थको अभाव र प्रविधिमा लगानी कम हुँदा समस्या भएको बताएका छन् । कार्यक्रममा उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले व्यवसायीसँग सहकार्य गरेरै अघि बढ्ने बताए । रत्न तथा आभूषणको व्यापारका लागि संघले बनाएको निर्देशिकाअनुसार यो व्यवसायको प्रवद्र्धन गर्न सरकारको सहयोगी भूमिका हुने उनको भनाइ छ । सो अवसरमा संघकी अध्यक्ष जोत्सना श्रेष्ठले यो क्षेत्रमा कच्चा पदार्थको अभाव रहेको विषय पटक–पटक उठाउँदै आए पनि सुनुवाइ नभएको बताइन् । आभूषण क्षेत्रका लागि कच्चा पदार्थ पर्याप्त नहुँदा बैंकको ब्याज, घरभाडा, कर्मचारीको तलबभत्ता, उपभोक्ताको माग पूरा नभएको भन्दै उनले गहन अध्ययन गरी समस्याको समाधान खोजिदिन आग्रह गरिन् । ‘हाम्रा लागि कच्चा पदार्थ भनेकै सुनचाँदी हो, तर देशको अर्थतन्त्रमा समस्या आउँदा कोटा घटाइन्छ भने आभूषण व्यवसाय सरकारको दृष्टिमा अनुत्पादक भएको छ ।’ विदेशबाट मागअनुसार कच्चा सुन ल्याएर नेपालमा गहना बनाई पुनः निकासी गर्न सक्ने नीति पनि ल्याइनुपर्नेमा उनले जोड दिइन् । निकासीका लागि जनशक्तिलाई तालीम दिन आवश्यक भएको पनि उनले बताइन् । बैंकिङ प्रणालीमा तरलता अभावले यो क्षेत्रको व्यापार व्यवसायमा पनि असर परेको उनको भनाइ छ । साथै नेपाल राष्ट्र बैंकले हीरा, बहुमूल्य पत्थर र चाँदी आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गर्दा व्यवसायी मारमा परेको बताइन् । संघले यस्ता वस्तुको आयातमा शतप्रतिशत नगद राख्नुपर्ने व्यवस्था परिमार्जन गरिनुपर्ने बताएको छ । २ वर्षअघि बनेको कार्यदलले दिएको सुझाव अझै कार्यान्वयन नभएको समेत संघले उल्लेख गरेको छ । विदेशमा भएका नेपालीमार्फत पनि नेपाली गहनाको माग बढ्दै गएको भन्दै संघले कच्चा पदार्थको अभाव हुँदा निर्यात गर्न नसकिएको बताएको छ । यसैगरी नेपालमा रहेका बहुमूल्य खानी सञ्चालनका लागि संघले सरकारसँग माग गरेको छ । कच्चा पदार्थ उत्खननमा समेत समस्या रहेको भन्दै संघले उत्खनन भइहाले पनि प्रशोधनका लागि बाहिर पठाउँदा ठूलो रकम विदेशिने गरेको बताएको छ । प्रविधिमा लगानी गर्न पनि संघले माग गरिएको छ ।

उत्खनन द्वारमा छैनन् धर्मकाँटा

जिल्लामा सञ्चालित नौवटा चुनढुंगा खानी उत्खनन उद्योग/कम्पनीको द्वार (ढोका) मा नापतौलका लागि धर्मकाँटा राखिएको छैन । खानी तथा भूगर्भ विभाग र वनका पदाधिकारीले हरेक वर्ष अनुगमनपछि धर्मकाँटा राख्न सुझाव दिएर प्रतिवेदन बनाउने गरे पनि सरोकारवाला निकायको बेवास्ताका कारण खानी/कम्पनीले धर्मकाँटा राख्न अटेर गर्दै आएका छन् ।

बजेट कार्यान्वयनको नियमन गर्न विज्ञको सुझाव

काठमाडौं । सरकारले ल्याउने बजेटहरू प्रभावकारी रूपमा कार्यान्वयनमा जान नसकेको र यो प्रवृत्ति आगामी वर्ष समेत दोहोरिने खतरा रहेको भन्दै विज्ञहरूले अर्थमन्त्री विष्णु पौडेललाई बजेट कार्यान्वयनको नियमन गर्न सुझाव दिएका छन् । बजेट कार्यान्वयनका चुनौती र तिनका समाधानका विषयमा सोमवार भएको भर्चुअल छलफल कार्यक्रममा निजीक्षेत्रका प्रतिनिधि, पूर्व अर्थसचिव लगायतले उक्त सुझाव दिएका हुन् । नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले बजेट कार्यान्वयनको अवस्थाको मासिक रूपमा समीक्षा गर्न र आवश्यकता अनुसार पृष्ठपोषण प्रदान गर्न सरकार र निजीक्षेत्र सम्मिलित समिति बनाउनुपर्ने बताए । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले वास्तविक रूपमा बजेट कार्यान्वयन भए/नभएको नियमन हुनुपर्नेमा जोड दिए । कोरोनाविरुद्धको खोप नलगाएसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने भन्दै मल्लले त्यसका लागि सबैलाई खोप उपलब्ध गराउनुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले वाणिज्य बैंकको तरलता ‘मेन्टेन’ गर्न सके बजेटको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने धारणा राखे । अर्थतन्त्र चलायमान बनाउन कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । पूर्वअर्थसचिव शान्तराज सुवेदीले आगामी आवको स्रोत व्यवस्थापनमा चुनौती रहेको औंल्याए । वैदेशिक सहायता परिचालनमा गाह्रो हुनेतर्फ संकेत गर्दै सुवेदीले आयोजना कार्यान्वयनको समस्या तथा सुशासनको पनि चुनौती हुन सक्ने भएकाले यसलाई बेलैमा सम्बोधन गर्नुपर्नेमा जोड दिए । सरकारले ठोस पहलकदमी लिन्छ : अर्थमन्त्री अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका लागि सरकारले ठोस पहलकदमी लिने बताएका छन् । आगामी आर्थिक वर्षका निम्ति ल्याइएको बजेट कार्यान्वयन हुनेमा शंका नगर्न अनुरोध गरे । ‘बजेटको कार्यान्वयन र निर्वाचनको विषय सँगसँगै अगाडि बढ्छ । एउटा छोड्नुपर्ने र एउटा समाउनुपर्ने विषय होइन । यी दुवै एकैसाथ बढाउनुपर्ने विषय हुन् । सरकारलाई निरन्तरतामा बुझ्नुपर्छ,’ उनले भने, ‘वर्तमान सरकार बजेट कार्यान्वयनका निम्ति संकल्पबद्ध छ र यो बजेट कार्यान्वयन हुन्छ भन्ने मान्यतामा विश्वास गर्दछ ।’ अर्थमन्त्री पौडेलले सरकारले बजेटमा ल्याएको ढुंगा, गिटी निकासी सम्बन्धी व्यवस्थाको बचाउ समेत गरे । सरकार चुरेको संरक्षणमा प्रतिबद्ध रहेको भन्दै उनले चुरे क्षेत्रमा कुनै पनि प्रकारका उत्खनन नहुने दाबी गरे । कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षका लागि तय गरिएका विभिन्न कार्यक्रमले मौद्रिक नीति र मौद्रिक व्यवस्थापनलाई असर पार्ने भन्दै त्यसले चुनौती समेत सृजना गर्ने बताए । अर्थ मन्त्रालयले बजेट कार्यान्वयनका लागि विभिन्न सरोकारवालासँग छलफल शुरू गरिसकेको अवस्थामा राष्ट्र बैंकले पनि वित्तीय क्षेत्रका काम प्रभावकारी बनाएर लैजान ‘टास्क फोर्स’ गठन गरेर काम शुरू गरिसकेको उनको भनाइ छ ।

तीन फिट खन्दा रानीपोखरीमा भेटियो पानी

मल्लकालीन सम्पदा रानीपोखरी उत्खनन गर्दा पानी भेटिएको छ। मंगलबार बिहानबाट सुरु भएको उत्खननमा तीन फिटमूनि पानी भेटिएको हो। रानीपोखरी पुनर्निर्माणबारे सुझाव दिन गठित विज्ञ समितिका संयोजक विष्णुराज कार्कीले पहिलाको पोखरीको बेसमेन्टमा पानी भेटिनु सामान्य भएको बताए। रानीपोखरी पुनर्निर्माणबारे सुझाव दिन गठित विज्ञ समितिले त्यतिबेलाको पोखरी निर्माणसम्बन्धी विधि अध्ययन गर्न उत्खनन् गर्ने निर्णयअनुसार यो काम सुरु…