जिल्लाको इतिहास, वर्तमान र परिकल्पना समेटिएको पुस्तक ‘चितवन दर्पण’ प्रकाशन गरिएको छ । जिल्ला समन्वय समितिले प्रकाशन गरेको पुस्तकको मङ्गलबार पाँचौँ जिल्लासभामा बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विमोचन गरिन्।
पुस्तकका लागि यहाँका सात पालिका समेटेर पाँच विषयविज्ञ लेखकले लेखेका छन् । पुस्तकमा ऐतिहासिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, राजनीतिक एवं पर्यटकीयस्थलका बारेमा जानकारी प्राप्त हुने पुस्तक प्रकाशन तथा संयोजन समितिका संयोजकसमेत रहनुभएका बागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले जानका...