राहदानी विभागले ‘राहदानी संग्रहालय’ स्थापनाका लागि काम तीव्र बनाएको छ । जसअनुसार विभागले संग्रहालयमा राख्न पुराना तथा ऐतिहासिक राहदानीहरु एवम् राहदानी सम्बन्धी ऐतिहासिक दस्तावेज, लेख तथा रचना आदि संकलन गर्न थालेको जनाएको छ ।
विभागले एक सूचना जारी गर्दै यदि कसैको घरमा संग्रहणीय राहदानी वा विदेशमा यात्रा गर्नको लागि जारी गरिएका कागजात छन् भने उपलब्ध गराउन आह्वान गरेको छ ।
‘आफू वा आफ्नो घर परिवारमा रहेको संग्रहणीय राहदानी वा विदेशमा यात्रा गर्नको लागि जारी गरिएका कागजात, लेख, रचना, सूचन...