गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपछि सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा ३७ हजार दुई सय ६१ नयाँ मतदाता थपिएका छन् । थपिएका मतदाता प्रदेशमा यहीँ साउन १९ गतेसम्म जम्मा मतदाताको सङ्ख्या १६ लाख ६९ हजार चार सय ११ पुगेको छ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीको शिलशिलामा सङ्कलित मतदाता नामावली निर्वाचन आयोगमा पठाइएको प्रदेश निर्वाचन कार्यालय कैलालीले जनाएको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनसम्बन्धी कार्यतालिका आयोगले सार्वजनिक गरेसँगै प