लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ। लकडाउन र निषेधाज्ञापछि पर्व बिदासमेत परेकाले पर्यटकको चहलपहल बढेको हो। दशैँको टीकाको दिनयता राप्ती किनारहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भईरहेका छन्। व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन्। क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार ३० देखि ३५ प्रतिशत होटल बुकिङ भइरहेका छन्। सुनसान अवस्थामा एकाएक पर्यटक आएपछि बिदामा रहेका कर्मचारी डाकेर होटल सञ्चालकले व्यवस्थापन गरिरहेका छन्।