काठमाडौं– सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का अवसरमा ट्राफिक प्रहरी प्रभाग गौशलाले आज प्रभातफेरी गरेको छ । ट्राफिक नियमप्रति आमनागरिकमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम गौशलाबाट सुरु भई मित्रपार्कमा पुगेर सभामा परिणत भएको थियो । सहभागीहरूले ‘सवारी नियम पालना गरौँ, दुर्घटना न्यूनीकरण गरौँ, सुरक्षित यात्रा सबैको अधिकार’ भन्नेजस्ता सचेतनामूलक प्लेकार्ड […]
काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहभागी हुन पार्टीका नेताहरू सानेपास्थित केन्द्रीय कार्यालय पुगेका छन् । भृकुटीमण्डपमा कांग्रेसकै अर्को पक्षले विशेष महाधिवेशन गरिरहँदा उनीहरू भने पार्टी कार्यालय सानेपामा जम्मा भएका हुन् । विशेष महाधिवेशन माग गर्दै आइतबारबाट काठमाडौंमा उद्घाटन सत्र हुँदै बन्दसत्रको कार्यक्रम चलिरहेको छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल, सह-संयोजक माधवकुमार नेपाल तथा केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा उनीहरूले शपथ ग्रहण गरेका हुन्। नेकपाको गत २२ पुसमा बसेको परामर्श समिति बैठकले २९ पुसका लागि शपथग्रहणको समय तोकेको थियो। आज (मंगलबार) नेकपाका २४ सय ९९ केन्द्रीय सदस्यले […]
काठमाडौं ।नेपाली काँग्रेसका विशेष महाधिवेशन प्रतिनिधिहरुले नयाँ नीति र नेतृत्व चयन गरिछोड्ने दृढता व्यक्त गरेका छन् । मंगलवार नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन प्रचार समितिले सो कुरा जानकारी गराएको हो । नयाँ नीति र नेतृत्व चयन गरेर मात्रै आफूहरु यो हलबाट निस्कने निष्कर्षमा पुगिएको प्रचार समितिका संयोजक […]
काठमाडौं- भारतको हिमाचल प्रदेशस्थित अर्की गाउँमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौजना नेपालीको ज्यान गएको छ । ज्यान गुमाउने सबैजना सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुरा निवासी दुई परिवारका सदस्य रहेका छन् । सोमबार राति २ बजे उनीहरू सुतिरहेको कोठाको ग्यास सिलिन्डर विस्फोट हुँदा यो घटना भएको हो । विस्फोटपछि आगलागी हुँदा वरपरका घर पनि जलेर ध्वस्त भएका […]