काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति र उपसभापति तथा महामन्त्री पदका उम्मेदवारहरूबीच छलफल सुरु भएको छ। मतगणना प्रक्रिया अघि बढाउने विषयमा आवश्यक परामर्श गर्न बैठक बोलाइएको हो। सानेपामा जारी बैठकमा उपसभापति र महामन्त्री पदका उम्मेदवारहरू सहभागी छन्। उनीहरूसँगको छलफलपछि मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिले गरेको छ। यसअघि शुक्रबार राति राष्ट्रिय सभागृहमा सभापति पदको […]